© २०२३
नेकपाको प्रदेश ५ संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालले दाङको भालुबाङ क्षेत्र प्रदेश राजधानीका लागि उपयुक्त भएको बताएका छन् ।
उनले प्रदेश सरकारले निकै मिहिनेतसाथ गरेको अध्ययनपछि केन्द्र तोकिएको र उक्त निर्णय सबै क्षेत्रका जनताको पक्षमा देखिएको उपयुक्त भएको उनको तर्क छ ।
प्रदेश ५ का मुख्यमन्त्रीको निवासमा बसेको प्रदेश संसदीय दलको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै प्रमुख सचेतक ढकालले भने, लुम्बिनी अञ्चलका माननीयहरुले फरक मत राखेको भएपनि अन्तिममा मतदान दाङकै पक्षमा हुन्छ ।
चुनावमा त तपाइहरुको बुटवललाई राजधानी बनाउने एजेण्डा थियो, त्यो एजेण्डा बिर्सनु भो त ? भन्ने पत्रकारको जिज्ञासामा उनले भने, त्यतिबेला जे भनिएको भएपनि अहिलेको लागि दाङ नै राजधानी उपयुक्त हुने देखिएको छ ।
सबैका लागि न्याय हुने देखिएको हुँदा नेकपा संसदीय दलले त्यस्तो निर्णय गरेको ढकालको जवाफ थियो ।