© २०२३
प्रदेश ५ को राजधानी दाङको देउखुरी तोक्ने प्रस्ताव प्रदेश सभामा पेश भएपछि बुटवलमा विरोध शुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ सहित राजधानी सार्न असन्तुष्ट दखिएका स्थानीयहरु आन्दोलनमा उत्रिएका हुन् ।
शेरबहादुर देउवा नेतृत्वको पूर्ववर्ती सरकारले बुटवललाई प्रदेशको अस्थायी मुकाम तोकेको थियो । स्थायी राजधानी पनि बुटवल नै हुनुपर्ने माग सहित नेविसंघ सडकमा आन्दोलनको नेतृत्व गरिरहेको छ भने स्थानीयले उनिहरुलाई साथ दिइरहेका छन् ।
आन्दोलनकारीले प्रदेश सभाको सामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डे सवार लु १ झ ४४५ नं. को स्कोर्पियो र कृषि मन्त्रालय योजना महाशाखाको लु १ झ ४२१ नं गाडी तोडफोड गरेका छन् । त्यस्तै लु १ झ ४४९ नं. को अर्को एउटा गाडी पनि तोडफोड भएको प्रहरीले जनाएको छ ।
नेविसंघका केन्द्रीय उपाध्यक्ष मुक्ति पौडेलले राजधानी बुटवलबाट सार्न नदिने गरी नेविसंघले आन्दोलन शुरू गरेको बताए । उनले कुनैपनि हालतमा प्रदेशको राजधानी बुटवल नै हुनुपर्ने मागलाई आन्दोलनको रुपमा अगाडी बढाउने बताए ।
आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले शुक्रवार प्रदेश सभामा पेश गरेको प्रस्तावको विरोधमा आन्दोलनकारीले बुटवलमा टायर बाल्दै गर्दै बिरोधमा उत्रिएका छन् । आन्दोलनकारीले गाडी तोडफोड समेत गरेको छ ।
राजधानीको विषय लामो समयदेखि विवादमा रहँदै आएको थियो । शुक्रवार प्रस्ताव पेश भएपछि सम्भावित आन्दोलनलाई मध्यनजर गर्दै बुटवलमा प्रहरीको उपस्थितीलाई बाक्लो पारिएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी