ट्रेंडिंग:

>> सुमनाले रास्वपा बैठकमा दिइन् रविलाई राजीनामा बुझाएको जानकारी >> एल डोराडो एवेन्यूमा कविता वाचन तथा ब्याण्डको प्रस्तुति हुने >> सहकारी, लघुवित्त पीडितको पक्षमा राष्ट्रिय मुक्ति पार्टीको ऐक्यबद्धता >> कमल थापाले फेरि भने, ‘तीनकुने घटनामा पक्राउ परेकालाई छाडियोस्’ >> देश बन्दैन भन्नेहरूको पछि नलाग्नुस -परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा >> आईसर मजिस्टेक वाईको च्यासिस हस्तान्तरण, यात्रुलाई सुबिधायुक्त र गुण्स्तरिय सेवा प्रदान गर्ने ब्यवसायीको दाबी >> विश्वप्रसिद्ध वक्ता प्रेम रावत शनिबार रुपन्देहीमा >> तपाईँको जीवनको लक्ष्य के हो ! >> घोराही उपमहानगरपालिकाले थारू भाषाको बुलेटिन प्रकाशित गर्ने >> राप्रपाले अब निषेधित क्षेत्रमा प्रदर्शन गर्ने >> प्रचण्ड माथि बिष्णु रिमालको कडा व्यंग्य >> शेयर बजार लगातार तेस्रो दिन बढ्यो >> यु–१४ टि ट्वान्टी क्रिकेटमा शान्ति नमुना विजयी >> वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या सबै पक्ष मिलेर समाधान गर्नुपर्छः श्रममन्त्री >> ‘ब्ल्याक डायमन्ड एप्पल’ अर्थात विश्वकाे सबैभन्दा महंगाे स्याउँ, जाे फल्छ तिब्बतमा >> राजतन्त्र पुर्नस्थापनामा गणतन्त्रबादी लागेको आरोप >> रास्वपाकी सह-महामन्त्री सुमना श्रेष्ठको राजीनामा >> रामबहादुर बमजनको मुद्दा उल्टियो, कारागारबाट छुटेपछि कहाँ गए? >> शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने शिक्षकहरुको अडान >> सुन जस्तो देखिने धातुसहित एक जना पक्राउ >> प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्नः कांग्रेस >> हुम्लामा बाढीले विस्थापित >> द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिदैन्ः प्रधानमन्त्री >> पाकिस्तान र अफगानिस्तानमा भीषण असिना वर्षा, ठूलो क्षति >> २६ वर्षपछि आयोडिनयुक्त नुनसम्बन्धी ऐन कार्यान्वयनमा >> मिश्र र राणाको रिहाइबारे छलफल गर्न राप्रपाकाे बैठक जारी >> दुरुपयोग भएपछि लमजुङका आठ एम्बुलेन्सको दर्ता खारेज >> सुपर ओभरको रोमाञ्चक जितसँगै दिल्ली क्यापिटल्स तालिकाको शिखरमा >> भारतमा प्रत्येक दिन औसत ५२ गर्भवती महिलाको मृत्यु >> गणेश थापा माथीको १० बर्षे प्रतिबन्ध फुकुवा, भन्छन्, ‘अब फेरी फुटबलको विकासमा लाग्छु’ >> एकैदिन ३६ सयले बढ्यो सुनको मुल्य >> अब सर्पदंशका बिरामी उपचार सहज हुने, बैज्ञानिकहरूले विकास गरे घरमै राख्न मिल्ने औषधी >> बुटवलको सनराइज सहकारीका अध्यक्ष र कोषाध्यक्ष भागे, बचतकर्ताको बिचल्ली >> राजनीतिक स्थिरता र संबिधान संशोधन जरुरी छ – प्रचण्ड  >> अभियानको क्रममा रुपन्देहीमा प्रचण्ड, भैरहवामा मर्निङ वाक >> लुम्बिनीको सामाजिक विकास मन्त्रालय बार्षिक नीति तर्जुमा गर्दै >> जिउँदो मुटु नै बदलेर ताइवानको अस्पतालले विश्वलाई पारयो अचम्मित >> चीनकाे खनिज निर्यात प्रतिबन्धले अमेरिकाकाे टेक र सैन्य दुनियाँ तहसनहस हुन सक्ने >> भर्चुअल भावनाले गिजोलिएको समाज >> सरकारः शिक्षकका माग सम्बोधन गर >> चार महिनामै बन्यो पक्की पुल >> प्रदेश गौरवका आयोजनाः छ मुख्यमन्त्री फेरिए सडक उस्तै >> दुध शुद्द छ कि छैन, यी तीन घरेलु तरिकावाट थाहा पाउनुहोस् >> कोशी र गण्डकी प्रदेशका केही ठाउँमा रातिदेखि नै वर्षा, अरु ठाउँमा पनि पानी पर्ने सम्भावना >> गुणाकर भट्टलाई राष्ट्र बैंकको गभर्नर बनाउन देउवाको प्रस्तावमा ओली सहमत, सोमबार निर्णय हुने >> चिल्ड्रन्ज प्याराडाइस र देवदह मेडिकल कलेजबीच हस्ताक्षर >> कृष्णनगर नगरपालिका र देवदह मेडिकल कलेजबीच सम्झौता >> एनसेलले ल्यायो नयाँ प्याकहरू >> गुल्मीमा मदिराजन्य पदार्थ बिक्री वितरणबारे सरोकारवालाको चासो >> चार हजार इसेवा ह्याक गरि एक करोड चोरी

जगमोहन बचाउन सहयोगको अपिल

१५ आश्विन २०७७, बिहीबार
१५ आश्विन २०७७, बिहीबार
घरमा बृद्ध बाबु आमा, श्रीमती र ६ वर्षीय छोरी ।
रोजगारीको  सिलसिलामा २०१८ अप्रिलमा उनी दुबई पुगे ।
त्यहाँ राम्रै जागिर पाएका थिए उनले । हाँसीखुशी जीवनमा अचानक ठूलो बज्रपात आइलाग्यो । अहिले उनी बैशाखीको सहारामा जीवन जिउन बाध्य छन् । कपिलवस्तु जिल्ला शिवराज नगरपालिका ५ का जगमोहन बुढामगर हुन् उनी ।
 
१६ अप्रिल २०२० को दिन नियमित ड्युटीको क्रममा सिँडीबाट चिप्लिएर खुट्टा मर्कियो । सामान्य दुखाई होला भनेर आफ्नो ड्युटी निरन्तर गरिरहे उनले । दुई  महिनापछि बुढामगरको खुट्टा अचानक सुन्नियो । खुट्टाको छाला कालो हुन थालेपछि उनी क्लिनिक हुँदै दुबईस्थित रसिद हस्पिटल जचाउन पुगे । डाक्टरहरुले हेरेपछि उनको खुट्टामा संक्रमण भएको र रगतको माध्यमबाट शरीरमा संक्रमण फैलिई बचाउन पनि असम्भव हुन सक्ने जानकारी गराए । पछि एउटा खुट्टा काटेर भएपनि बाँकी जिन्दगी जिउने आशामा उनले दाहिने खुट्टाको घुँडाबाट तल्लो भाग काटेर फाल्ने निर्णय गरे ।  
 
दुबईस्थित एम.बि.एम. क्लिनिङ्ग कम्पनीमा क्लिनरको काम गरी परिवारको जीवन धानेका जगमोहन अहिले बैशाखीको सहारामा जीवन बिताउन बाध्य छन । परिवारको एकमात्र कमाउने मान्छे जगमोहन आफ्नै एउटा खुट्टाको सहारामा जिउन परेपछि परिवारमा ठूलो बज्रपात परेको छ। 
हामी सबैले सकेको सहयोग गर्ने हो भने जगमोहनको पीडामा केही राहत पुग्नेछ । प्लास्टिकको नक्कली खुट्टा राख्न सकेमा उनलाई केही सहज हुने थियो । बुढामगरको जीवन रक्षाका लागि अहिले दुबई बस्दै आएका दुर्गा बहादुर सुनारको अगुवाईमा जगमोहन बचाउ आर्थिक सहयोग अभियान  
 
संचालन गरिएको छ । बुढामगरलाई नक्कली खुट्टाको लागि १८ जना सहयोगी हातहरुबाट … यूएई रिएल संकलन भइसकेको सहयोग संकलन समितिका अगुवा दुर्गा सुनारले जानकारी दिएका छन् । जसमा विष्णुदेवी सुनार (पोखरा) बाट ५०, बुटवलका टेक वि.क.बाट ५०, जीवन बि.क. बाट ३० सहयोग प्राप्त भएको छ । यस्तै कपिलवस्तुका दिलबहादुर वि.क.बाट ५५, भिमकान्त अधिकारीबाट ५०, प्रेम सुनारबाट १००, अनिल कुमार खनालबाट ५०, वसन्त थामीबाट १०५ सहयोग प्राप्त भएको समितिका दुर्गा सुनारले जानकारी दिए । 
 
यता प्यूठानका दुजमान सुनारबाट ३०, राजन सुनारबाट ५०,  काठमाडौंका कुवैर लवरले १००, झापाका सुमी गहतराज सुनारले १००, भोजपुरका नरेश राईले ५० सहयोग गरेका छन् । यसका साथै भवानी प्रसाद तिमिल्सिनाबाट ५०, रितु रक्षाई सुनारबाट ५०, ईश्वरी थापाबाट ५१, रितु गौतमबाट ५१ र सकुन्तला आचार्यबाट ५१ सहयोग उठेको बताइएको छ । नक्कली प्लास्टिकको खुट्टा बनाउन नेपाली १ लाख २० हजार रुपैयाँ खर्च लाग्ने हुँदा आर्थिक सहयोगको लागि समितिले हार्दिक अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission