© २०२३
प्रदेश नं ५मा एकैदिन कोरोना भाइरस कोभिड– १९का ९२ जना नया संक्रमित थपिएका छन । सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा पुष्पराज पौडेलका अनुसार सोमवार ४ः३० सम्मको तथ्याङ अनुसार प्रदेशमा संक्रमित हुनेको संख्या १० हजार ४ सय २२ पुगेको छ ।
प्रदेशको रुपन्देहीमा ४२, गुल्मीमा २७, बाँकेका ९ पाल्पामा ५ कपिलवस्तु दाङ र नवलपरासी पश्चिममा ३/३ जना गरी ९२ जना नया संक्रमित थपिएका हुन । कुल संक्रमित मध्ये प्रदेश ५मा १३ प्रतिशत संक्रमित रहेका छन । प्रदेश ५ मा निको हुने दर पनि वृद्धि भएको छ । अहिले सम्म ७ हजार ९ सय ७५ जना निको भएर घर गएका छन । हाल उपचारमा रहेका २२ सय ८५ मध्ये २ सय ३२ जनाका संक्रमण देखिएको छ । कोभिड १९ वाट अहिलेसम्म प्रदेश ५ मा मृत्यु हुनेको संख्या ६८ रहेको छ ।
यसैवीच पछिल्लो २४ घण्टामा देशभर १३५१ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा १० हजार ८० नमुना परीक्षण गर्दा ४३६ महिला र ९१५ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ । उनीहरुमध्ये ४८१ जनाको मृत्यु भएको छ भने ५४ हजार ६४० जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ७४२ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी