© २०२३
रूरूक्षेत्र गाउँ पालिकामा प्राकृतिक प्रकोपबाट १ सय ६ घर क्षति पुगेको छ । गत असार यता त्यतिको संख्याका घरहरुमा क्षति पुगेको गाउँपालिकाले जनाएको छ ।
रुरु क्षेत्र गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष घनश्याम अर्यालले अति बर्षाका कारण पालिकाभित्रका सबैजसो वडाका गाउँहरुका घरमा क्षति भएको विवरण संकलन भएको जानकारी दिए । अर्यालका अनुसार गाउँपालिकाले ३८ घरको विवरण इन्जिनियरबाट संकलन गरी पुनः निर्माणका लागि केन्द्रमा पठाउने शिफारिश गरिएको बताए । त्यसैगरी अन्य क्षति भएका ६८ घरलाई गाउँपालिकाबाट कुनै न कुनै रुपमा सम्बोधन हुर्ने तयारी गरेको बताए ।
क्षति हुने गाउँहरुमा लामाखर्क, बम्घा, ग्वादी लगायतका गाउँहरु छन् ।
पछिल्लोपटक पालिकाको वाड नं २ ग्वादीको भरेक गाउँमा पहिरोले कमल बरालको एक घर र एक गोठमा क्षति पुर्याएको छ । उनको गोठ पक्की थियो । त्यसैगरी माधा गाउँको जीवन बिकको घर भत्किएपछि उनको परिवारलाई अन्यत्र सारिएको छ ।
घर गोठ भत्किदा भौतिक क्षति भएको भएपनि मानवीय र पशु चौपाया भने सुरक्षित रहेको वडाअध्यक्ष अर्यालले बताए । अर्यालका अनुसार बर्षाले ठाउँ ठाउँमा पहिरो जाँदा गाउँ गाउँमा पुग्ने सडक अबरुद्द भएका छन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी