© २०२३
बुटवल उपमहानगरपालिका १७ रानीगन्जमा तिनाउ खोलामा आएको बाढीले किनारमा रहेका एक घर बगाएको छ ।
अबिरल बर्षाका कारण नदिमा खाएको बाढीले प्रेम कुमारी खाम्चाको ४ कोठे ब्लक जडान भएको टिनले छाएको घर बगाएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घरमा रहेको लत्ता कपडा अन्य सामान समेत बगाएको तर मानवीय क्षति भने भएको छैन् । अर्का सुन्दर गन्दर्भको ट्वाईलेट र बाथरुम समेत बगाएको छ ।
त्यसैगरी त्यहा रहेका तीन घर खतरामा परेपछि घरका सरसमान समेत अन्यत्र सारिएको प्रहरीले जानकारी दिएको छ । गणेश गैरे, तिलक गैरे र पुरुषोत्तम पुरिको घर जोखिममा रहेको सामानहरु सारिएको हो । खोला किनारका घर खतरामा परेको खबर आएपछि बिहीबार दिउँसो ति घरका व्यक्तिलाई उद्दार गरेको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले बताए ।
उनले बर्षा नरोकिएको हुँदा नदि किनारमा रहेका बासिन्दालाई सचेत रहन आग्रह गरे ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी