© २०२३
तिनाउ नदीमा बाढीले खतराको तह पार गरेको छ ।
तटीय क्षेत्र र आसपासमा डुबान हुन सक्ने खतरा भएकाले आज दिउँसोसम्मै उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
तिनाउ नदीमा ५.२ मिटरसम्म सतर्कताको तह र ५.६ मिटरसम्म खतराको तह मानिन्छ ।
बिहीबार बिहान साढे ७ बजेसम्मको रेकर्डअनुसार तिनाउको जलसतह ५.७१ मिटर पुगेको छ ।
यद्यपि यो सतह घट्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
नदी तटीय क्षेत्रमा पनि दिउँसोसम्मै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । देशभर नै निरन्तर वर्षा भइरहेकाले देशका अधिकांश नदी तथा खोलाहरुमा बाढी आएको छ ।