© २०२३
सरकारले संविधान दिवसका दिन घोषणा गरेको पदकका लागि आयुर्वेद क्षेत्रबाट दुई जना परेका छन । त्यसमध्ये एक जना केन्द्र सरकारबाट छनौटमा परेका हुन भने अर्को प्रदेश ५ सरकारको छनौटमा परेका हुन् ।
राष्टिय आयुर्वेद अनुसन्धान केन्द्र किर्तीपुरका कार्यकारी निर्देशक डा.. रामअधार यादवलाई नेपाल सरकारले सुप्रबल जनसेवा श्री ले सम्मानित गर्ने सूचीमा राखेको छ । त्यस्तै रुपन्देहीका विष्णु आचार्य प्रदेश सरकारबाट पदकका लागि छनौटमा परेका छन ।
लुम्विनी आयुर्वेद औषधालयका बैद्य आचार्य रुपन्देहीस्थित आइसोलेसन केन्द्रहरुमा आयूर्वेदिक पद्धति र योगामार्फत कोभिड १९ संक्रमितहरुको उपचार गरेको र संक्रमितहरुमा हौसला प्रदान गरेबापत प्रदेश सरकारको छनौटमा परेका हुन् ।
आचार्यले संक्रमितहरु राखिएका स्थानहरुमा पुगेर योगदेखि आयुर्वेद सम्वन्धी ज्ञान प्रदान गर्दै आएका छन ।
कोरोनाका कारण भय त्रासमा रहेकाहरुको मनोवल बढाउन उनले महत्वपूर्ण भुमिका खेल्दै आएका छन । योग सम्वन्धमा राम्रो ज्ञान हासिल गरेका आचार्यले खेलेको भुमिकाको प्रदेश सरकारले सम्मान गर्दै संविधान दिवसका दिन प्रदेशबाट पदक पाउनेहरुको नामको सूचीमा प्रदेश सेवा समर्पण पदक ख मा उनको नाम छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी