ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र

क–कसले पाए प्रदेश ५ सरकारका ५८ पदक ?

३ आश्विन २०७७, शनिबार
३ आश्विन २०७७, शनिबार

 संविधान दिवसको अवसरमा प्रदेश ५ सरकारले ११ विधामा ५८ जनालाई पदक तथा विभूषण प्रदान गर्ने व्यक्तिहरुको नामावली घोषणा गरेको छ ।
प्रदेश सरकारले शनिबार घोषणा गरेका पदक प्रदेश स्थापना दिवसका अवसरमा फागुन ३ गते प्रदान गर्नेछ । प्रदेश सरकारले दिने सबैभन्दा उच्चस्तरको पदक बुद्ध शान्ति पदकबाट पाल्पाका आचार्य भिक्षु अमृतानन्द महास्थवीरलाई मरणोपरान्त प्रदान गर्ने भएको छ ।

बौद्ध धर्मको माध्यमबाट राष्ट्रिय÷अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति स्थापनार्थ विशिष्ट योगदान गरेको भन्दै उनलाई पदक दिने निर्णय गरिएको हो । उनले म्यानमार सरकारबाट महानायक पदवी समेत प्राप्त गरेका थिए । प्रदेश रत्न पदक ‘क’ बाट ड्रयागन फलफुल खेतीमार्फत कृषि क्षेत्रमा नौलो काम गरेका दाङका लोकेन्द्र विष्टमगरलाई विभुषित गरिने भएको छ ।

प्रदेश रत्न पदक ‘ख’ रुकुम पूर्वकी लक्ष्मीप्रसाद पुन, रुपन्देहीको अर्घाखाँची सिमेन्ट प्रा.लि, रुपन्देहीकै सगुन कन्स्ट्रक्सनलाई दिइने भएको छ । प्रदेश रत्न पदक ‘ग’ दाङका मार्शल रोका, गुल्मीका भोजराज रेगामी, बाँकेका पुरमल बस्नेतलाई दिइने भएको छ ।
यस्तै दाङका गुमराह थारुले प्रदेश प्रमुख जनसेवा पदक पाउने भएका छन् । प्रदेश प्रमुख जनसेवा पदक ‘ख’ बाट प्युठानका खगुलाल गुरुङ र रोल्पाका तेजमान घर्तीलाई मरणोपरान्त विभूषित गरिने भएको छ ।प्रदेश प्रमुख जनसेवा पदक ‘ग’ सशस्त्र द्वन्द्वमा मृत्यु भएकी रुकुमकी धनमाया श्रेष्ठ, पाल्पाका केवल गाहा मगर र राज्यद्वारा बेपत्ता बनाइएका कृष्ण थारुलाई प्रदान गरिने भएको छ ।

त्यसैगरी मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ‘क’ प्रदेश सभामा तत्कालीन विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलाई (मरणोपरान्त) प्रदान गरिने भएको छ ।
मुख्यमन्त्री प्रज्ज्वलदीप पदक ‘ख’ बाट दाङका माणिकलाल गौतम, पाल्पाका चिनियालाल बज्राचार्य, पाल्पाका तत्कालीन जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्याल (मरणोपरान्त) विभूषित गरिने भएको हो । मुख्यमन्त्री प्रज्ज्वलदीप पदक ग सशस्त्र द्वन्द्वमा घाइते भएका दाङका मनोज चौधरीलाई प्रदान गरिने भएको छ ।

प्रदेश सेवा समर्पण पदक ‘क’ लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. राजेन्द्रप्रसाद खनाल, प्रदेश सेवा समर्पण पदक ‘ख’ भिम अस्पतालका डा. सुमित प्रजापति, गुल्मी जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्ट डा. उत्तम पच्या, भेरी अस्पताल बाँकेमा कार्यरत बसुन्धरा ज्ञवाली गौतम, भौतिक पूर्वाधार विकास मन्त्रालयका इन्जिनियर ध्रुब धिताल, जिल्ला समन्वय समिति पूर्वी रुकुममा कार्यरत विमला रोक्का श्रेष्ठ, आर्थिक मामिला तथा योजना मन्त्रालयमा कार्यरत सुमितकुमार अग्रहरी, योग प्रशिक्षक रुपन्देहीका विष्णु आचार्य, मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका प्रेमबहादुर गौतमले पाउने भएका छन् । त्यसैगरी प्रदेश सेवा समर्पण पदक ‘ग’ प्रदेश जनस्वास्थ्य प्रयोगशालामा कार्यरत लक्ष्मण पन्थी, कपिलवस्तु अस्पतालकी आयुष्मा अर्याल, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा कार्यरत योगेन्द्रनाथ उपाध्यायलाई प्रदान गरिने भएको छ । सुरक्षाकर्मीहरुलाई प्रदान गरिने उजीर सिंह दीप पदक ‘ख’बाट प्रदेश प्रहरी कार्यालयका अभयकुमार झालाई प्रदान गरिने भएको छ ।

उजीर सिंह दीप पदक ‘ग’बाट जिल्ला प्रहरी कार्यालय बाँकेका डिल बहादुर सिंजाली मगर इलाका प्रहरी कार्यालय बुटवलका फुलेराम थारु, जिल्ला प्रहरी कार्यालय दाङका प्रभु सुनारलाई विभूषित गरिनेछ ।

समाजसेवा श्री पदक ‘क’ संस्थागत रुपमा नेपाल संस्कृत विश्वविद्यालयलाई प्रदान गरिने भएको छ । त्यस्तै समाजसेवा श्री पदक ‘ख’ रुपन्देहीका पत्रकार अर्जुन ज्ञवाली, बाँकेका रोमहर्ष धिता, अर्घाखाँचीका डा. चित्र प्रसाद वाग्ले (मरणोपरान्त), नवलपरासी पश्चिमका खिमलाल पोखरेललाई दिइने भएको छ ।
समाजसेवा श्री पदक ‘ग’ दाङका विनय पोखरेल, अर्घाखाँचीकी पवित्रा पौडेल, कपिलवस्तुकी प्रभा पौडेल, बाँकेकी सरीता खनाल र गुल्मीको आशा अपाङ केन्द्रलाई प्रदान गरिने भएको छ ।

यस्तै दङ्गीशरण बलिहाङ्ग पदक ‘क’ रुपन्देहीका गजलकार बुँद राना, दङ्गीशरण बलिहाङ्ग पदक ‘ख’ बाँकेका श्यामानन्द सिंह, दङ्गीशरण बलिहाङ्ग पदक ‘ग’ दाङका गोरन चौधरी (मरणोपरान्त) कपिलवस्तुका मोहम्मद इलिहात खाँलाई प्रदान गरिने प्रदेश सरकारले जनाएको छ । पुथा श्री पदक ‘ख’ श्री सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी, पुथा श्री पदक ‘ग’ दाङको बुलबुले थारु पाहुना घर, जैविक होमस्टे बर्दियालाई दिइने भएको छ । प्रदेश प्रज्ञा पदक दाङका नारायण सिंह गुरुङ्ग, प्रदेश प्रज्ञा पदक ‘ग’ पाल्पाको धवल पुस्तकालयले प्राप्त गर्ने भएका छन् ।

प्रजापति गौतमी पदक ‘क’ पाल्पाकी चुन्नुमाया गुरुङ्ग (मरणोपरान्त), प्रजापति गौतमी पदक ‘ख’ पाल्पाकै पूर्णमाया महर्जन, प्रजापति गौतमी पदक ग रुपन्देहीकी रिता सेन ओली र रोल्पाको त्रिवेणी रोल्पाली ढाका बुनाई उद्योगले पाउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?