© २०२३
प्रदेश नं. ५ सरकारले स्थापना गरेको कोभिड १९ रोकथाम तथा उपचार कोषमा नेपाल पब्लिक क्याम्पस संघको एक लाख सहयोग प्रदान गरेको छ । मुख्यमन्त्री शंकर पोखरेललाई भेटी संघले शुक्रवार एक लाखको भौचर हस्तान्तरण गरेको हो । संघले आफ्ना सदस्य क्याम्पसहरुबाट आर्थिक सहयोग संकलन गरि कोषमा जम्मा गरेको संघका प्रदेश संयोजक मित्रलाल न्यौपानेले जानकारी दिए ।
हस्तान्तरण कार्यक्रममा देवदह आदर्श क्याम्पसका अध्यक्ष धु्रव खरेल, बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठक, सिद्धार्थ क्याम्पसका विष्णु राना, लुम्विनी वाणिज्य क्याम्पसकी माया गौतम लगायतको उपस्थिती रहेको थियो ।
उक्त अवसरमा मुख्यमन्त्री शंकर पोखरेललाई कोभिड १९ ले सामुदायिक क्याम्पस संचालनमा समस्या परेको बिषयको जानकारी गराउँदै प्रदेश सरकारले संचालनार्थ बजेटको व्यवस्था गर्नका लागि ध्यानाकर्षण गराइएको थियो ।
मुख्यमन्त्री पोखरेलले सामुदायिक क्याम्पसलाई सहयोग गर्ने नीति बनेपछि प्रदेश सरकारले सहयोग गर्न सक्ने आश्वासन दिएको मुख्यमन्त्रीलाई उधृत गर्दै बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठकले जानकारी दिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी