© २०२३
बुटवल उपमहानगरपालिकामा कोरोना संक्रमितको संख्या ५१२ पुगेको छ । शनिबार ३२ जना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या ५१२ पुगेको बुटवल उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको हो ।
उपमहानगरको स्वास्थ्य शाखाका अनुसार त्यसमध्ये २४४ जना संक्रिय संक्रमित रहेका छन् । बुटवल उपमहानगरको वडा न. ११ मा मात्रै संक्रमितको संख्या १३१ छ । उपमहानगरको १९ वटा वडामध्ये वडा नं. १८ बाहेक सबै वडामा कोरोना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य निर्देशनालयको शुक्रबारको कोरोना अपडेट अनुसार प्रदेश ५ संक्रिय संक्रमितको संख्याको तुलना गर्दा बुटवल उपमहानगरभित्र १० जिल्लामा भन्दा बढी सक्रिय संक्रमित छन् । बुटवलमा भन्दा बढी सक्रिय संक्रमित हुनेमा बाँकेमा ३९२ जना छन् भने रुपन्देहीको ७५९ जना संक्रिय संक्रमित छन् ।
कुल संक्रमितका हिसाबले हेर्दा पनि बुटवलमा ७ जिल्लामा भन्दा बढी संक्रमित भेटिएका छन् । रुकुम पूर्व, रोल्पा, नवलपरासी, बर्दिया, प्यूठान, अर्घाखाँची र गुल्मी जिल्लामा ५ सय भन्दा कम संक्रमित छन् । तर बुटवलको कुल कोरोना संक्रमितको संख्या ५१२ जना छ ।
प्रदेश ५ का १२ जिल्लामध्ये कपिलवस्तु, दाङ, पाल्पा, बाँके र रुपन्देहीभन्दा बुटवलको कुल संक्रमित कम भएपनि ७ जिल्लाहरुभन्दा कुल संक्रमितको संख्या बढी छ ।