© २०२३
बुटवलको कोरोना विशेष अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नवलपरासीको सुस्ता गाउँपालिका वडा नं. ५ का ५५ वर्षीय पुरुष हुन् ।
मृतकमा ज्वरो, स्वासप्रश्वासमा समस्या, मधुमेह र उच्च रक्त चापको समस्या रहेको अस्पतालले जनाएको छ ।
उनको शुक्रबार बिहान ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।
ति मृतक पुरुष गत भदौ १९ गते कोरोना विशेष अस्पतालको आइसीयूमा भर्ना भएका थिए ।