© २०२३
पछिल्लो २४ घण्टामा १२४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ११ हजार १४४ नमुना परीक्षण गर्दा ४०२ महिला र ८४४ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ ।
उनीहरुमध्ये ३१७ जनाको मृत्यु भएको छ भने ३५ हजार ७०० जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १८१८ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकाका ५७२ जनामा संक्रमण पुष्टि भएको छ, जसमध्ये ४९५ जना काठमाडौंका छन् भने ललितपुरका ४३ र भक्तपुरका ३४ जना छन् ।
यस्तै बाँकेका ७० जना, रुपन्देहीका ५१, कपिलवस्तुका ४४, सर्लाहीका ४२, नवलपरासीका ३७, काभ्रेका ३६, सप्तरी र मकवानपुरका ३५/३५ जना, पाल्पाका २९, सुनसरीका २३, संखुवासभाका २२, कास्की र कैलालीका २१/२१ जना, चितवनका १८, बाराका १७, मोरङका १६, स्याङ्जाका १२, झापा र पर्सा ११/११ जना, बर्दियाका १० र बाग्लुङका ९ जनामा संक्रमण पुष्टि भएको छ ।
नवलपुरका ८ जना, गुल्मीका ७, रुकुम पश्चिम र सल्यानका ६र६ जना, तनहुँ र सुर्खेतका ५/५ जना, पाँचथर र दाङका ४/४ जना, भोजपुर, दोलखा र धादिङका ३/३ जना, इलाम, उदपयुर, रौतहट, रामेछाप, पर्वत र अर्घाखाँचीका २/२ जना तथा खोटाङ, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, लमजुङ, रोल्पा, डोटी, बाजुरा र बैतडीका १/१ जनामा पनि संक्रमण देखिएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी