© २०२३
प्रदेश ५ मा कोरोनाबाट संक्रमित सरकारी कर्मचारीको संख्या ५ सय ६३ पुगेको छ ।
त्यसमध्ये सबैभन्दा बढी सुरक्षाकर्मी रहेका छन् । प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलका अनुसार २५८ जना सुरक्षाकर्मी, १९० जना स्वास्थ्यकर्मी र ११५ जना अन्य सरकारी कर्मचारी रहेका छन् ।
प्रदेश ५ मा कुल संक्रमितको संख्या ७ हजार ४ सय ७१ पुगेको छ । त्यसमध्ये १ हजार ७ सय १ जना संक्रिय संक्रमित रहेका छन् । प्रदेश ५ मा ५ हजार ५ सय ८० जनाले कोरोना जितेका छन् भने पछिल्लो २४ घण्टामा ८० जना निको भइ घर फर्केका छन् ।
प्रदेश ५ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा प्रदेश ५ मा ४२ जना महिला र १०३ जना पुरुष गरी १४५ जना नयाँ संक्रमित थपिएका छन् ।