© २०२३
रुपन्देहीमा कुल संक्रमितको संख्या १३९० पुगेको छ ।
जिल्लामा ४२ जना कोरोना भाइरसका संक्रमित थपिएपछि संक्रमितको संख्या १३९० पुगको हो । रुपन्देहीमा बुधबारसम्म १४ जनाको मृत्यु भसकेको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बुधबार २४ जना पुरुष र १८ जना महिला गरी ४२ जना थपिएका हुन् । सक्रिय संक्रमितको संख्या ७१८ छ । रुपन्देहीमा ६५८ जना संक्रमणमुक्त भई घर फर्केका छन् ।
स्वास्थ्य कार्यालय, रुपन्देहीका अनुसार बुटवल उपमहानगरमा ७ जना, सिद्धार्थनगरमा २४ जना, कोटहीमाइमा ५ जना, देवदहमा २ जना, लुम्बिनी सांस्कृतिक नगरपालिकामा २ जना, शुद्धोधन र मायादेवी गाउँपालिकामा १/१ जना संक्रमित थपिएका छन् ।