© २०२३
लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको एनआइसीयू सेवा बन्द भएको छ ।
एनआइसीयूमा कार्यरत ७ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि एनआइसीयू सेवा बन्द गरिएको हो ।
केही दिन अघि एनआइसियु सेवामा काम गर्ने ५ जनामा कोरोना देखिएकोमा आज थप २ जनाको संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी डा. बिष्णु गौतमले बताए । उनका अनुसार त्यसरी संक्रमित हुनेहरुमा नसिंह स्टाफ र सहयोगीहरु हुन् । एनआइसियूमा ८ बेड रहेका छन् ।
अस्पतालले सूचना निकालेर एनआइसीयू शाखालाई निर्मलीकरण गर्नका लागि अर्को सूचना नआएसम्मका लागि बन्द रहने जनाएको छ ।
डा. गौतमले लुम्बिनी प्रादेशिक अस्पतालमा अहिलेसम्म २० जना कर्मचारीमा कोरोना संक्रमण देखिइसकेको बताए ।