© २०२३
पाल्पाको तानसेनमा रहेको जिल्ला अस्पताल शिल गरिएको छ ।
अस्पतालमा उपचाररत बिरामीमा कोरोना पुष्टि भएपछि अस्पताल शिल गरिएको हो । संक्रमण देखिएका बिरामी गत हप्तादेखि अस्पतालमा उपचाररत थिए ।
अस्पताल विकास समितिको निर्णय अनुसार सेवाग्राहीको संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरी सेवा बन्द गरिएको अस्पतालमा निमित्त मेसु जगदीश कुवरले जानकारी दिए ।
अस्पतालले सुचना निकाली शिल गरिएको जानकारी गराएको छ । सूचनामा बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको स्वाव संकलन गरी रिर्पोट नेगेटिभ नआउदासम्मको लागि आकस्मिक सेवा बाहेकका सेवा बन्द गरिएको उल्लेख छ ।