© २०२३
बुटवल उपमहानगरपालिकामा शनिवार ५ जना कोरोना संक्रमित थपिएका छन् ।
उपमहानगरभित्र कुल संक्रमित ३९९ रहेकोमा संक्रिय संक्रमितको संख्या २४३ छ ।
उपमहानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार वडा नं. ११ मा अहिलेपनि ४३ जना संक्रिय संक्रमित रहेका छन् ।
वडा नं. १८ मा अहिलेसम्म संक्रमित भेटिएका छैनन् भने वडा नं. १६ मा ३ जना संक्रमण देखिएकोमा सबै निको भइ घर फर्किइसकेका छन् ।