© २०२३
रुपन्देहीमा शनिबार ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ६ सय २७ पुगेको छ ।
जिल्लाका संक्रमित मध्ये २६ जना महिला र ४० जना पुरुष हुन् । आज थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या १ हजार २ सय ५६ पुगेको भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए ।
शनिबार साँझ ५ बजेसम्म रुपन्देहीका विभिन्न ८ पालिकामा कोरोना भाइरस संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले बताए ।
शाहका अनुसार सबैभन्दा बढी रोहिणी गाउँपालिकामा ११ महिला र १४ पुरुष गरी २५ जना संक्रमित थपिएका छन्। त्यस्तै बुटवल उपमहानगरपालिकामा ५ जना, सिद्धार्थनगर नगरपालिका क्षेत्रमा ८ जना, मायादेवीमा ५ जना, कञ्चनमा ६ जना, शुद्धोधनमा ६ जना, सैनामैनामा ९ जना, र तिलोत्तमामा २ जना संक्रमण पुष्टि भएको छ।
जिल्लाका विभिन्न क्षेत्रबाट ६१६ जना निको भएर फर्किसकेका छन् भने ६२७ जना सक्रिय संक्रमित विभिन्न आइसोलेशनमा उपचाररत छन् ।