© २०२३
प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले मानव वेचविखन तथा ओसारपसार विरुद्ध सवै जनसमुदाय एकजुट बन्नुपर्ने बताएका छन् । उनले ‘मानव बेचविखन तथा ओसारपसार एक जघन्य अपराध भएको हुँदा त्यसको अन्त्य जरुरी भएको बताए ।
“मानव बेचबिखन तथा ओसारपसारको अन्त्यः सुसंस्कृत सभ्य समाज र सामाजिक रुपान्तरण अबको गन्तव्य” नाराको मनाउन लागिएको मानव बेचबिखन तथा ओसारपसार विरुद्धको चौधौ राष्ट्यि दिवशको अवसरमा शुभकामना व्यक्त गर्दै उनले २१ औं शताब्दीको यस सभ्य युगमा समेत यस्ता अपराध हुनु मानवजातिको लागि एक कलंक भएको उल्लेख गरेका छन् ।
चौधौ दिवशको यस अवसरमा हामीले यो कलंकलाई निर्मुल पार्ने संकल्प गरौ ।’ शुभकामना सन्देशमा उल्लेख छ ।
शोषण गर्ने वा नाफा कमाउने उद्देश्यले प्रलोभनमा पारी, झुक्याई, डरत्रास देखाई कुनै पनि व्यक्तिलाई उसको इच्छाविपरितका कार्य गर्न बाध्य तुल्याइने अवस्था अहिले पनि यदाकदा देखिएको जनाउदै मन्त्री वरालले यस प्रकृतीका अपराधले मानव वेचविखन विरुद्धको अभियानलाई चुनौती थपेको उल्लेख गरेका छन् । ‘ अझ यस्तो अपराधबाट महिला तथा बालवालिकाहरु बारम्बार पिडित हुने घटनाहरुले हामीलाई थप संवेदनशील बनाएको छ ।’ शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
‘राज्य संयन्त्रको सुदृढिकरण गर्दै यस अपराधमा संलग्न जो सुकैलाई कडा दण्ड सजायको प्रभावकारी कार्यान्वय र समाजको आमुल परिवर्तन नै यो समस्याको दिर्घकालिन समाधान हो भन्नेमा हामी स्पष्ट छौं । मानव बेचविखन तथा ओसारपसारलाई पुर्ण रुपमा नियन्त्रणमा लिने सरकारको अभियानलाई सहयोग गर्नु सवैको दायित्व हो । यो दिवशले हामी सम्पुर्ण सचेत अभियान्ताहरुमा दायित्ववोध गराउनेछ ।’ सन्देशमा उल्लेख छ ।
आज मानव बेचबिखन तथा ओसारपसार विरुद्धको चौधौ राष्ट्यि दिवश । सन् २००२ मा काठमाडौंमा सम्पन्न सार्कको एघारौँ शिखर सम्मेलनबाट पारित “महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि, २००२” लाई २०६३ भाद्र २० गतेका दिन तत्कालीन व्यवस्थापिका संसदबाट अनुमोदन भएपछि सोही दिनको स्मरणमा २०६४ साल देखि प्रत्येक वर्ष भाद्र २० का दिन यो दिवश मनाईदै आएको छ ।