© २०२३
बुटवलको कोरोना विशेष अस्पतालमा थप २ जना संक्रमितको मृत्यु भएको छ । उनीहरुमध्ये एकजना नवलपरासी महिला हुन् भने एकजना बुटवलका पुरुष हुन् ।
अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार प्रतापपुर गाउँपालिका–२ की ३७ वर्षीया महिलाको शनिबार बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको शुक्रबार राति ११ बजे मृत्यु भएको हो ।
दुवैमा ज्वरो र श्वासप्रश्वासको समस्या रहेपनि अरु कुनै दीर्घरोगको समस्या थिएन । यससँगै रुपन्देही जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ । बुटवल उपमहानगरका मात्रै ६ जनाको ज्यान गएको छ ।
बुटवलका पुरुष भदौ १५ गते र नवलपरासीकी महिला भदौ १७ गते अस्पतालमा भर्ना भएका थिए । उनीहरुको भेन्टिलेटरको सहायतामा आइसीयूमा उपचार भइरहेको थियो ।