© २०२३
रुपन्देहीमा शुक्रबार ५७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार एक सय ९० पुगेको छ ।
स्वास्थ्य कार्यालय, रुपन्देहीका अनुसार शुक्रबार साँझ ४ बजेसम्म विभिन्न ७ पालिकामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले सबैभन्दा बढी बुटवल उपमहानगरपालिका १३ महिला १७ पुरुष गरी ३० जना, सिद्धार्थनगर नगरपालिका क्षेत्रमा १० महिला र ५ पुरुष गरी १५ जना, तिलोत्तमामा ४ महिला र १ पुरुष गरी ५ जना, देवदहमा १ जना, रोहिणीमा ४ जना, सैनामैनामा १ र ओमसतियामा १ जनामा संक्रमण पुष्टि गरे ।
जिल्लाका संक्रमितध्ये २८ जना महिला र २९ जना पुरुष हुन् । शुक्रबार थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या १ हजार १ सय ९० पुगेको छ ।
कार्यालयका अनुसार हाल सम्म १३ जनाको मृत्यु भएको छ । ६ सय ८३ जना सक्रिय संक्रमित रहेका छन् ।