© २०२३
बुटवलको कोरोना विशेष अस्पतालमा बुटवलका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
बुटवल उपमहानगरपालिका वडा नं. ८ का ७८ वर्षीय पुरुषको शुक्रवार बिहान मृत्यु भएको हो ।
भदौ ४ गते अस्पताल भर्ना भएका ती ७८ वर्षीय पुरुषको शुक्रवार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । उनका अनुसार उनको ९ दिनदेखि भेन्टिलेटरको सहायतामा आइसियूमा उपचार भइरहेको थियो । संक्रमित पुरुषमा मधुमेह र उच्च रक्तचापको समस्या रहेको डा. गौतमले जानकारी दिए ।
अहिलेसम्म लुम्बिनी प्रादेशिक अस्पताल बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा मृत्यु हुनेको संख्या १२ जना पुगेको छ ।