© २०२३
रुपन्देहीमा कोरोना भाइरसको संक्रमण पुष्टिसँगै एक महिलाको मृत्यु भएको छ । बुधबार बेलुका लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि आएकी सैनामैना नगरपालिका ११ की ७७ वर्षीया महिलाको मृत्यु भएको हो ।
उनको बिहान साढे ४ बजे मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए ।
अस्पतालका अनुसार ती महिला करीब ३/४ दिनदेखि निमोनिया देखिएको थियो ।
अस्पतालमा आउँदा उनिमा उच्च ज्वरो थियो ।
उनको जिन एक्सपर्टबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । उपचार गर्दै गर्दा बिहान साढे ४ बजे उनको मृत्यु भएको सूचना अधिकारी गौतमले बताए ।