© २०२३
रुपन्देहीको ओमसतिया गाउँपालिकाका अध्यक्षलाई कोरोना संक्रमण देखिएको छ ।
आफ्नो फेसबुक वालमा स्टाटस लेखि गाउँपालिका अध्यक्ष हिरा केवटले कोरोना संक्रमण भएको जानकारी गराएका हुन् ।
जनताको सेवामा काम गर्ने क्रममा पिसिआर चेक गर्दा आफुलाई कोरोना पोजेटिभ देखिएको उनले जनाएका छन् ।
मेरो परिवारमा तीन जनामा पोजेटिभ देखिएको छ उनले लेखेका छन्, हजुरहरुको स्नेह, माया ममताको र आशीवादको अपेक्षा गर्दछु ।
अध्यक्ष हिरा केवटको फेसवुक वाल जस्ताको तस्तै
जनतालाई सेवा गर्ने क्रममा पि सि आर चेक गर्दा पोजेटिभ देखिएकोले आफुलाइ गर्भ लागेको छ कि सेवा नै धर्म हो सबै जनताको सेवा गर्दा आफ्नो बलिदान दिना पर्यो भने पनि मेरो परिवार ,इस्टमित्र,मा कुनै चिन्ता नलिनुहुना हार्दिक अनुरोध गर्दै मेरो परिवारमा ३ जनामा पोजेटिभ देखिए पनि हजुरहरुको स्नेह माया ममताको आशा र आशीर्वादको अपेक्षा गर्दा छु!