© २०२३
भैरहवाको भीम अस्पतालमा बुटवल उपमहानगरपालिका वडा नंं ६ सब्जीमण्डीका कोरोना संक्रमित ५७ बर्षीय पुरुषको मृत्यु भएको छ ।
मृतक पुरुष मुटुको रोगी भएको अस्पतालकी मेडिकल सुपरिटण्डेन्ट डा. सकुन्तला गुप्ताले जानकारी दिइन । आइसियुमा उपचाररत उनले दिउँसो आइसियुमा उपचारको क्रममा मृत्यु भएको उनले बताइन ।
उनलाई बुटवलको कोरोना बिशेष अस्पतालबाट यहि १५ गते भैरहवाको भीम अस्पताल पुर्याइएको थियो ।
भीम अस्पपतालमा बुधबार बिहान पनि नवलपरासी पश्चिम राग्राम ५ की एक ६५ वर्षीय महिलाको मृत्यु भएको थियो । त्यसैगरी आज नै कपिलवस्तुकी ६० वर्षिया अर्की महिलाको बुटवलको कोरोना अस्पतालमा मृत्यु भएको थियो ।