© २०२३
बुटवलको कोरोना बिशेष अस्पतालमा कपिलवस्तुकी ६० वर्षिया महिलाको मृत्यु भएको छ ।
कपिलवस्तु नगरपालिका ११ की महिला संक्रमण पुष्टि भएपछि भाद्र ७ गते कोरोना बिशेष अस्पतालमा भर्ना भएकी थिईन् ।
मृतक महिलामा पहिले देखिनै श्वास प्रश्वास र ब्लड प्रेसरको रोग रहेको थियो ।
उनलाई भेनिटलेटरमा राखेर उपचार चलिरहेको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । उपचाररत महिलाको बिहान ९ः१५ मा मृत्यु भएको अस्पतालका प्रवक्त डा. बिष्णु गौतमले बताए ।