© २०२३
इलाका प्रहरी कार्यालय बुटवल ११ जना प्रहरीमा कोरोना पोजेटिभ देखिएको छ । २४ जनाको स्वाब संकलन गरेर पीसीआरका लागि पठाइएकोमा १९ जनाको परीक्षणमा ११ जनाको रिपोर्ट पोजेटिभ आएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिए । संक्रमित सबै पुरुष हुन् ।
यससँगै इलाका प्रहरी कार्यालय, बुटवलमा भित्र संक्रमितको संख्या ३० पुगेको छ । त्यसमध्ये १५ जना थुुनुवा हुन् । थुनुवा र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरूको सम्पर्कमा आएका र लक्षण देखिएका प्रहरीमा गरिएको परीक्षणमा थप ११ जनामा कोरोना पुष्टि भएको हो ।
यसअघि १० भदौमा १५ थुनुवा र ४ जना प्रहरीमा संक्रमण पुष्टि भएको थियो ।