© २०२३
पुर्वाधार विकास कार्यालय बाँकेका प्रमुख सिनियर डिभिजनल ईन्जीनियर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन् ।
प्रदेश ५ अन्तर्गत रहेको उक्त कार्यालयका प्रमुख सिनियर डिभिजनल ईन्जीनियर मनिष अर्याललाई बुटवल स्थित प्रदेश ५ भौतिक पूर्वाधार विकास मन्त्रालयकै गेटबाटै अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रमुख डा. भिष्म भुसालले अर्याललाई विभिन्न आयोजनाहरुका निर्माण व्यवसायीबाट घुस लिएको रकम सहित पक्राउ गरिएको जानकारी दिए ।
अर्यालको साथबाट अख्तियारको टोलीले नगद ५ लाख ३० हजार रुपैया बरामद गरेको जनाएको छ । पक्राउ परेका अर्यालमाथी थप अनुसन्धान भईरहेको प्रमुख भुसालले जानकारी दिए ।