© २०२३
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञाको अवधि भदौ २० गतेसम्म लम्बाएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला स्थित कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न गठित जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) रुपन्देहीले जिल्लाभर भदौ २० गते राती १२ बजेसम्म लागि ‘लकडाउन’ गर्ने निर्णय गरेकोे हो ।
आइतबार बसेको डिसीसीएमसी बैठकले पूर्वनिर्णयहरुको समीक्षा गर्दै सोमबारदेखि लकडाउनलाई थप गर्ने, अनावश्यक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नदिने शिफारिश गरेको थियो । त्यसैगरी सुरक्षाकर्मी, स्वास्थ्यका कर्मचारी र अत्यावश्यक सेवाका कर्मचारी मात्र हिडडुल गर्न पाउने गरी आदेश जारी गर्न जिल्ला प्रशासन कार्यालयलाई सिफारिश गरेको थियो ।
भदौ ७ गते भएको सिसिएमसीको बैठकले १४ गते सम्मका लागि जिल्लाभरि लकडाउन गर्ने निर्णय गरेको थियो । खाद्यान्न, फलफूल, तरकारी, माछामासु, दुध तथा डेरीजन्य पसलहरु बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका ४ः३० बजेदेखि ६ः३० बजेसम्म सञ्चालन गर्न दिने प्रशासनले जनाएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी