© २०२३
बुटवल उपमहानगरभित्र २४ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै बुटवलमा संक्रमितको संख्या २५८ पुगेको छ ।
त्यसमध्ये संक्रिय संक्रमितको संख्या २०७ छ ।
बुटवल उपमहानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार शुक्रवार ७ वटा वडाहरुमा संक्रमित थपिएका हुन् । सबैभन्दा बढी वडा नं. ९ मा ८ जना थपिएका छन् ।
उपमहानगरपालिकाका अनुसार वडा नं. ३ मा १ जना, ५ मा १ जना, ६ म १ जना, ८ मा १ जना, ९ मा ८ जना, १२ मा ४ जना, अन्य ६ जना छन् ।