© २०२३
बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत तिलोत्तमा नगरपालिका वडा नं. ४ का ६० वर्षीय पुरुषको मृत्यु भएको छ ।
भेन्टिलेटरमा उपचार भइरहेका ती संक्रमितको शुक्रवार विहान मृत्यु भएको हो।
यही भदौ ७ गते अस्पतालमा भर्ना भएका उनमा उच्च रक्तचापको समस्या रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।