ट्रेंडिंग:

>> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु

युवामैत्री स्थानीय शासन सम्बन्धी सरोकारवालाहरूबीच अभिमुखीकरण

१३ जेष्ठ २०८०, शनिबार
१३ जेष्ठ २०८०, शनिबार

बुटवल, १३ जेठ ।

रूपन्देहीको तिलोत्तमा ८ मा युवामैत्री स्थानीय शासन सम्बन्धी सरोकारवालाहरू बीच अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिकाको आयोजनामा शुक्रबार सो अभिमुखीकरण सम्पन्न भएको हो ।

कार्यक्रममा प्रशिक्षण दिँदै राष्ट्रिय युवा परिषद सदस्य तिलोत्तम पौडेलले मेहेनत र काम गर्ने मानिस नै युवा भएको बताए । पौडेलले युवाभित्र खोजको भावना हुनुपर्ने बताउँदै केही न केही परिवर्तनका लागि युवाले सुरूवात आफैबाट गर्नुपर्ने बताए । २०७८ को जनगणनाअनुसार युवाको संख्या १ करोड २४ लाख १२ हजार १ सय ७३, ४२.५६ प्रतिशत युवाहरू रहेको उल्लेख गर्दै युवा शक्ति कुनै कुरामा पछि हट्न नहुने बताए ।

कार्यक्रममा अर्का प्रशिक्षक युएन डिपी कार्यकारी अधिकृत बिनिता कार्कीले युवाहरू विश्व मै दखल राख्न सक्ने शक्ति भएकोे बताइन् । उनले अहिलेको समयमा युवाले हरेक क्षेत्रमा आफ्नो हक अधिकारको लागि सामर्थ्य राख्न सक्नुपर्ने बताइन् ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नगर अब युवाका लागि विशेष योजनाका साथ अगाडि बढ्ने बताए । साथै युवाहरूले नै यसका लागि पहल र माग गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा राष्ट्रिय युवा परिषद लुम्बिनी प्रदेश उपाध्यक्ष गोविन्द केसी, शिक्षा शाखा प्रमुख उपसचिव गंगाराम आचार्य, सामाजिक विकास समिति संयोजक रवि सेन्चुरी सामाजिक विकास शाखा प्रमुख शारदा भट्टराई, तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधिहरू, बाल सञ्जालका प्रतिनिधिहरू, नगरपालिका भित्र रहेका युवाहरूको उपस्थिति रहेको थियो । युवामैत्री स्थानीय शासनका लागि ४६ सूचक आवश्यक पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?