© २०२३
बुटवलमा कोरोना संक्रमितको संख्या २३४ पुगेको छ । बिहीवार गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका एक चिकित्सक सहित ३५ जनामा थप कोरोना संक्रमण पुष्टि भएछि बुटवलमा संक्रमितको संख्या २३४ पुगेको हो ।
उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंहले एकजना मुटु अस्पतालका चिकित्सक सहित बुटवलमा बिहीवार का ३५ जना संक्रमित थपिएका छन् । डाक्टरमा कोरोना संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका बिरामी र अन्यको कन्ट्याक्ट टे्सिङ गरेर पीसीआर परीक्षण गर्न भनिएको सिंहले बताए । उनले अस्पताललाई सेनेटाइज गरी सुरक्षित बनाउन समते निर्देशन दिइसकेको बताए ।
बुटवलमा अहिले पनि १९० जना संक्रिय संक्रमित छन् भने ४४ जना निको भएर घर फर्किइसकेका छन् । बुटवल उपमहानगर पालिकाका अनुसार उपमहानगरमा १९ वटा वडाहरु रहेकोमा वडा नं. ७ वडा नं. १८ गरी २ वटा वडा बाहेक सबै वडाहरुमा कोरोना संक्रमित भेटिएका छन् । तर अहिले भने ति संक्रमण नभेटिएका वडा नं. ७ र १८ सहित ५, १४, १९ वडाहरु गरी ५ वटा वडाहरु बाहेक अरु वडामा संक्रिय संक्रमित रहेका छन् ।
सबैभन्दा बढी वडा नं. ११ मा ७७ जना संक्रमित भेटिएका छन् । उक्त वडामा अहिलेपनि ६४ जना संक्रिय संक्रमित रहेका छन् ।
वडागत संक्रमितको विवरण
वडा नं. १ मा १० जना
वडा नं. २ मा ४ जना
वडा नं. ३ मा २५ जना
वडा नं.४ मा १३ जना
वडा नं. ५ मा ३ जना
वडा नं. ६ मा १८ जना
वडा नं. ८ मा १२ जना
वडा नं. ९ मा ७ जना
वडा नं. १० मा ९ जना
वडा नं. ११ मा ७७ जना
वडा नं. १२ मा १० जना
वडा नं. १३ मा २९ जना
वडा नं. १४ मा २ जना
वडा नं. १५ मा ३ जना
वडा नं. १६ मा ३ जना
वडा नं. १७ मा ३ जना
वडा नं. १९ मा १ जना
अन्य ५ जना रहेका छन् ।
स्रोतः बुटवल उपमहानगरपालिका
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी