© २०२३
उपचारको क्रममा प्यूठानका एक कोरोना संक्रमितको बुटवलमा मृत्यु भएको छ ।
बुटवलको धागोकारखानामा रहेको कोरोना विशेष अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएको हो । प्युठानको स्वर्गद्वारी नगरपालिका–७ का ६४ वर्षीय पुरुषको शुक्रबार बिहान ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। यससँगै उक्त अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
ती व्यक्तिलाई श्वासप्रश्वासमा समस्या देखिएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए ।
साउन अन्तिम साता भारतबाट आएका ती व्यक्ति स्थानीय क्वारेन्टाइनमा बसेका थिए । त्यही क्रममा पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै स्वास्थ्यमा समस्या देखिएपछि बुटवल ल्याएर आईसीयूमा उपचार भइरहेको थियो ।