© २०२३
भदौ ५ गते राती १२ बजेदेखि १२ गते राती १२ बजेसम्म पाल्पा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ । बिहीबार एक सूचना जारी गरी स्थानीय प्रशासनले यस्तो जानकारी गराएको हो ।
कोभिड १९ को संक्रमणलाई रोकथाम तथा नियन्त्रणको कार्य प्रभावकारी बनाउनका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए ।
संक्रमण रोग ऐन २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) अनुसार भाद्र ५ गते राती १२ बजेदेखि भदौ १२ गते राती १२ बजेसम् पाल्पा जिल्लाभरी लागु हुने गरी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय, पाल्पाद्धारा जारी सूचनामा उल्लेख छ । आदेश अवज्ञा गरेको पाइएमा प्रचलित कानून बमोजिम कार्वाही हुने सूचनामा उल्लेख छ ।
निषेधाज्ञा अबधिभर एम्बुलेन्स, शवबहान, खाद्यसामग्री बाहेकका सवारी साधन, औषधी बोकेको सवारी साधन, कुखुराको चल्ला, पशुपंक्षीको दाना बोकेको सवारी साधन, पानी, दुध, पेटेल ट्यांकर, फलफुल तथा तरकारी बोकेको सवारी साधन, झण्डाबाहक सवारी साधन र कुटनीतिक नियोगको सवारी साधन संचालन हुन पाउनेछन् ।
औषधी, खाद्यान्न, फलफुल दुध पसलका लागि बिहान ७ देखि १० बजेको समय तोकिएको छ । बैंक तथा वित्तिय सेवालाई पनि सो अबधिभर नखुल्ने सेवाको रुपमा राखिएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी