© २०२३
प्युठानमा बँदेल मार्न थापेको विधुतीय धरापमा परेर एक महिलाको मृत्यु भएको छ ।
ऐरावती गाउँपालिका–२ मा बंदेल मार्नका लागि थापेको विद्युतीय धरापमा परी ६० वर्षीया पीमा थापाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार घर नजिकै रहेको आफ्नै बारीमा थापेको धरापमा पर्दा करेन्ट लागेर उनको मृत्यु भएको प्रदेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।
घटनाको बिस्तृत अध्ययन जिल्ला प्रहरी कार्यालय प्युठानबाट भइरहेको उनले जानकारी बताए ।