© २०२३
कर्णालीमा संक्रमितको संख्या २०८७ जना पुगेको छ । कर्णालीमा पछिल्लो २४ घण्टामा ६ जना कोरोना भाइरस (कोभिड१९) का संक्रमित थपिएसँगै २०८७ पुगेको हो ।
दैलेख अस्पताल र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगशालामा भएको परीक्षणबाट थप ६ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका ८ की ५३ वर्षीय महिला, ६ का २५ वर्षीय पुरुष, ९ का २० र ५० वर्षीय पुरुष र महाबु गाउँपालिका(२ की ६० वर्षीय महिलामा संक्रमण पुष्टि भएको छ ।
यता रुकुम पश्चिममा त्रिबेणि गोउँपालिका १० का २२ वर्षीय युवकमा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।
साथै मंगलबार कर्णालीमा थप ४ जना डिस्चार्ज भएका छन् । यससँग डिस्चार्ज हुनेको संख्या १९३२ पुगेको छ । प्रदेशमा हालसम्म ६ जनाको मृत्यु भइसकेको छ भने १४९ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।