© २०२३
बुटवल उपमहानगरपालिकाले साउन २९ देखि भदौ ५ गतेसम्म पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरिएको छ । समुदाय स्तरमा कोरोना भाईरसको संक्रमण देखिएपछि लकडाउन गर्ने निर्णय गरेको उपमहानगरले जनाएको छ ।
बुधबार बसेको आकस्मिक बैठकले बुटवलमा कडाईका साथ लकडाउन गर्ने निर्णय गरेको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गोमादेवी आचार्यले बताईन् ।
बुटवलमा रहेका लाइ बाहिर जान र बुटवल आउनका लागि भोलि बिहीबार राति १२ बजेसम्म समय दिएर आगामी ५ भदौसम्मका लागि पूर्ण रुपमा लकडाउन गर्ने निर्णय भएको उनले बताईन । लकडाउनमा अत्याआवश्यक बाहेक अरु सबै ठप्प हुने छ ।
उपमहानगरपालिका र वडा कार्यालय समेत अत्यावश्यक बाहेकका काम नहुने, वित्तिय संस्थाहरुले समय तालिका स्वीकृत गरी खोल्नुपर्ने र दुधका लागि विहान ८ देखि ११ र साँझ ५ देखि ७ बजेको समय तोएिको छ ।
अघिल्लो साता हाटबजार लगायतका बढी भिडभाड हुने क्षेत्र बन्द गर्ने निर्णय गरेको थियो ।