ट्रेंडिंग:

>> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि

कौसी खेतीको काईदा, जाने फाईदै फाईदा

९ श्रावण २०७७, शुक्रबार
९ श्रावण २०७७, शुक्रबार

खेती गर्ने जग्गा पर्याप्त नहुने सहरी क्षेत्रमा परिवारको दैनिक तरकारीको आवश्यकता पूर्ति गर्न कौसी खेती गरिन्छ । आजभोलि यसको प्रचलन शहरी क्षेत्रमा बढ्दै गएको छ । यसबारेमा सरकारी कृषि अनुसन्धान निकायदेखि निजी क्षेत्रका व्यावसायिक संस्थाले नयाँ प्रविधि र सैलीको विकास गर्दै आएका छन् ।

कसरी गर्ने राम्रोसँग कौसी खेती
कौसी खेतीका लागि प्रसस्त घाम लाग्ने र सजिलै पानी दिन सकिने स्थान छनोट गर्नुपर्छ । घरले थाम्न सक्ने तौललाई ध्यानमा राखी खुला छतमा माटो वा अन्य बिरूवा हुर्काउन सकिने कच्चा पदार्थ जस्तैः कोकोपिट, माटो वा प्राङ्गरिक मलको मिश्रण राखी खेती गर्न सकिन्छ।

पक्की घरमा घरअनुसार निकालिएका कौसीहरूमा उपयुक्त आकारको भाँडा गमला, फ्रेम, जार, माछाको क्यारेट, आधुनिक ब्यागमा तरकारी फलाउन सकिन्छ।

के लगाउने?
जरा सकभर कम फैलने तथा गहिराईमा सीमित हुने बाली कौसी खेतीका लागि उपयुक्त हुन्छ। लामो समयसम्म छिटो छिटो उत्पादन दिने र बोट धेरै नझाङ्गिने बाली कौसीमा लगाउनु पर्छ। खेती गरिने स्थानको हावापानी तथा बोटबिरूवाका हावापानी अनुसारको बाली छनोट गर्नु पर्छ ।

अङ्गुर, अम्बा, आँप, कागती, मुन्तला, सुन्तला, जुनार स्ट्रबेरी लगाएतका फलफूल कौसीमा लगाउन उपयुक्त हुन्छ। गोलभेंडा, भण्टा, भेडे खुर्सानी, खुर्सानी, स्वीसचार्ड, रायो, करेला, काँक्रो, लौका, घिरौला, काउली, बन्दा, ब्रो– काउली पनि कौसीमा लगाउन सकिने तरकारी हुन् ।

त्यस्तै ग्याँठ गोभी, सिमी, बोडी, धनियाँ, लसुन, प्याज रामतोरिया, प्याज, सलगम, मुला लगायतका तरकारी पनि कौसी खेतीका लागि उपयुक्त हुन्छ ।

माटो व्यवस्थापन कसरी गर्ने ?
यदि कौसी तरकारी खेती गर्ने हो भने लगाउने बाली अनुसार उपयुक्त माटो छनोट गर्नु आवश्यक छ। माटो उपयुक्त छैन भने बजारमा पाइने अन्य कच्चा पदार्थ पनि प्रयोग गर्न सकिन्छ ।

यदि माटोमा नै तरकारी लगाउँदै हुनुहुन्छ भने सफा ठाउँका राम्रो मलिलो माटो ल्याउनु पर्छ। त्यसमा भएका डल्ला फोरेर छेस्काछेस्की, ठुटा गिर्खा केलाएर माटो सफा बनाउनु पर्छ। सफा गरिएको माटोलाई एकचोटी भिजाएर मात्र बिरूवा सार्नुपर्छ ।

हेरचाह कसरी गर्ने ?
माटोमा रोग किरा नलागोस् भनेर गाइबस्तुको पिसाब प्रयोग गर्नुपर्छ । सारिएको बोटको छेउमा साना साना लठ्ठी गाढेर साहार दिनुपर्छ। साथै बेलाबेलामा गोडमेल पनि गर्न आवश्यक छ। लहरे बाली हो भने डोरी टाँगी दिन पर्छ। जसले बोट मौलाउन पाउँछ र राम्रो उत्पादन दिन्छ ।

कौसीमा खेती गरिएका फलफुल र तरकारीलाई एकनासको चिस्यानको आवश्यकता पर्दछ। बिरूवामा बढी सुख्खा र बढी पानी हाल्नु हुँदैन । कहिले काहीँ चर्को घाम लाग्दा भाँडा तातेर बिरूवा ओइलाउन सक्छ । त्यस्तो अवस्थामा छहारी तिर सार्नु पर्छ । स्रोतः कृषि जर्नल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?