ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

बुटवल कोरा साईकिलिङ्ग च्यालेन्ज २०१८

६ श्रावण २०७५, आईतवार
६ श्रावण २०७५, आईतवार

साईक्लिष्ट स्वर्गिय नारायण गोपाल मर्हजनको स्मृतिमा बुटवलमा बुटवल कोरा २०१८ साईक्लिङ्ग च्यालेन्ज भब्य रुपमा सम्पन्न भएको छ । रुपन्देही जिल्ला साईक्लिङ्ग संघ र साईकिल सिटी बुटवलको आयोजना तथा हाई वे अटो भिल्लाको प्रायोजन, लायन्स क्लब अफ बुटवल स्टार र बुद्ध साईकलको सहप्रायोजनामा शनिबार प्रदेशमा नै पहिलो पटक कोरा गरिएको हो ।
प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले ट्राफिक चोकमा हरियो झण्डा उठाएर शुरु गरेको कोरा मणिग्राम, १० नम्बर, गोरकट्टा, डिङ्गरनगर, शान्तिचोक, देविनगर चौपारी, मिलनचोक, नयाबसपार्क हुदै जितगढी पुगेको थियो ।
कार्यक्रममा बोल्दै प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले आम नागरिकमा स्वस्थ्यप्रति सचेतना बढ्दै गएको बताए । खेलमार्फत स्वस्थ्य बन्न सकिने भएकाले पनि युवाहरु आर्कषण भएको उनको दाबी छ । नेपाललाई विश्व सामु पहिचाने खेल विकासमा सरकारले लगानी बढाउन जरुरी रहेको समेत उनले बताए ।
करीब २५ किलोमिटर दुरीको साईकलयात्रा ऐतिहासिक धरोहर जितगढीमा पुगेर समापन भएको थियो । समापन कार्यक्रममा बुटवल उपमहानगरपालिका वठा नं. १ का वडाअध्यक्ष महेन्द्र प्रसाद लिगलले साईक्लिङ्गमार्फत पर्यटन पर्वद्धनमा गर्न सकनिे सम्भावना भएको भन्दै यस क्षेत्रमा युवाहरु लाग्नुपर्ने बताए । बटौली संरक्षण तथा सम्बद्र्धन समितिका अध्यक्ष रबिन्द्रगोपाल लाकौलले साईकलमैत्री पूर्वाधार बनाउने काममा सरकारले ध्यान दिनसके धेरै फाईदा मिल्ने बताए । कार्यक्रममा सहयोगदाता तथा सहभागि साईकलयात्रीहरुलाई मायाको चिनो र प्रमाणपत्र वितरण गरिएको थियो ।
साईकिल सिटीका संस्थापक अध्यक्ष तथा कार्यक्रम संयोजक पुकार थापाले स्वस्थ्य रहन दैनिक ब्यायाम जरुरी हुने र त्यसमा पनि साईक्लिङ्गबाट फाईदा मिल्ने बताए । वर्षभरि नै सचेतनाका कार्यक्रमहरुलाई जोड दिएर कार्यक्रमहरु गर्ने समेत उनले बताए ।
साईकिल सिटी बुटवलका अध्यक्ष धिरेन तुलाधरले कार्यक्रम सफल भएको र अब संकलन भएको सहयोग रकम स्वर्गिय महर्जनको परिवारलाई प्रदान गर्ने बताए । श्रीलंकाको जंगलमा रम्बल ईन जंगल साईक्लिङ्ग प्रतियोगितामा भाग लिने क्रममा महर्जनको मृत्यु भएको थियो । साईकलको प्रयोगले वातावरण जोगाउन महत्वपूर्ण योगदान दिने भएकाले पनि सरकारबाट प्रोत्साहनको नीतिहरु ल्याउनुपर्ने सिटीका सचिव अशोक राईले बताए । कार्यक्रममा १ सय ३० बढि साईकलयात्रीहरु सहभागि भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?