© २०२३
आर्थिक विकाशको मेरुदण्ड कृषि व्यवसायलाई व्यावसायीकरण गरी निर्वाहमुखी व्यवसायलाई आत्म निर्भर बनाउने अभियानमा पाल्पाको बगनासकाली गाउँपालिका लागेको छ । बगनासकाली सरकारले कृषकलाइ आर्थिकरुपमा सवल सक्षम बनाउनका लागि एक गाउ एक उत्पादनको कार्यक्रम अन्तर्गत पकेट क्षेत्रका रुपमा सबै वडाहरुलाइ निर्धारण गरी बजेट विनियोजन गरिएको गाउपालिकाका प्रमुख कृष्ण बस्यालले बताए ।
स्थानिय सरकारको निर्माण पश्च्यात सबै वडाका बस्तीहरुमा निर्माणमुखी खेति प्रणाली व्यवसायी बनाउनका लागि आवश्यक कृषि यन्त्र उन्नत जातको बिउ प्राविधिक सिप र ज्ञान पु¥याएका कारण स्थानिय सरकारको प्रयासले सार्थकता प्राप्त गरेको प्रमुख प्रशाशकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले बताए । कृषकद्धारा उत्पादित कृषि उपजमा बिचैलियमा प्रवृतिको अन्त्यका लागि जिल्ला मै पहिलो पटक कृषि उपजको ढुवानीमा अनुदानको व्यवस्था मिलाए पछि कृषकहरु उत्साहित भएको कृषि शाखाका प्रमुख राजेश बोहोराले बताए । प्रमुख बोहोराका अनुसार वडा.न. १ चिर्तुङधारामा खुसार्नीको पकेट क्षेत्र जसमा एक सय पचास भन्दा बढि कृषक आवद्ध भएको सदरमुकाम तानसेन संग सिमाना जोडिएको भौगोलिक बनोट दृष्टिकोणबाट समेत उपयुक्त भएकोले तरकारीको पकेट र मकैको बिउ उत्पादन समेत पकेट क्षेत्र बिस्तार भएको छ ।
यसै गरी वडा.न. २. पोखराथोकलाइ उन्नत जातको मकैको मुल बिउ उत्पादन, व्यवसायीक तरकारी खेति , वडा .न ३ . नायर नमतलेसमा सुन्तला जातको पकेट क्षेत्र , वडा. न . ४ खानिछापलाइ अदुवा , कागती, वडा .न .५ दर्लामडाडा लाइ बेसार, वडा. न. ६ यम्घालाइ तरकारी, सुन्तला जातको फलफुल , वडा. न. ७ खानीगाउलाइ मौरी , वडा . न ८ बराङदी मौरी कुरीलो , वडा. न. ९ चापपानीलाइ तरकारी मौरी र कफीको पकेट क्षेत्रका रुपमा बिकास गरिएको प्रमुख बोहोराले बताए ।
कृषिलाइ व्यवसायीकरणका लागि स्थानिय सरकारले वडाको समेत गरी झण्डै ६ लाख रुपैया विनियोजित गरेको छ । स्थानिय सरकारले कृषि व्यवसायलाइ जोड दिएकै कारण व्यवसायीक तरकारी र खुसार्नी खेति तर्फ लागि परेको चिर्तुङधाराको अगुवा कृषक कान्ती झेडी बताउँछिन् । कोभीट १९ का कारण खुसार्नीका लागि बजारिकरणको समस्या भएपनि तरकारीको बजारको कुनै समश्या नभएको, बिस हजार रुपैयाको भिण्डी घरै बााट बिक्रि भएको उनले बताइन ।यस वर्ष तरकारीबाट पाँच लाख रुपैया आम्दानी गर्ने लक्ष लिएको उनले बताइन् ।
जिल्ला मै पहिलो पटक कुरीलो खेति गरेर नाम र दाम आर्जन गरेका वराङदीका शिव राज घिमिरे पनि स्थानिय सरकारको उत्प्रेरणाका कारण यो अवस्थामा आएको उनले बताए । खेतिका लागि बिउ र बजारिकरणका लागि स्थानिय सरकारले सहयोग गरेका कारण जिल्लामै कुरीलो माष्टरका नामले आफ्नो परिचय बनाएको उनले बताए । बराङदीका आर्का कृषक पशुपति बस्याल पनि माहुरीको विशेषज्ञ जस्तै बन्न स्थानिय सरकारको ठुलो सहयोग भएको उनले बताउछन् । आफैले ल्याएको प्रस्ताव अनुरुप अन्य वडाहरुमा समेत व्यवसायीक मौरीको कार्यक्रम अगाडि बढाएको उनले बताए । यसै क्रममा यम्घा, दर्लाम डाडामा व्यवसायीक केरा खेतिको समेत कार्यक्रम कार्यान्वयका लागि भौगोलिक बनोट संभावना अध्यन गरेर मात्र पकेट कार्यक्रम बनाएको र घर घरमा प्राविधिक सेवा पुगेको कृषि प्राविधिक बोहोराले बताए ।
यसै क्रममा यम्घा दर्लामडाडामा व्यवसायीक केरा खेतिको समेत कार्यक्रम कार्यन्वयन भइ सकेको यसै वर्ष दशलाख रुपैया केराबाट भित्रिने उनले बताए । गतवर्ष वगनासकालीमा तरकारी, फलफुलबाट १ करोड भन्दा बढि रकम भित्रिएको भएपनि यस वर्ष कोभिड १९ का कारण केही ह्रसा आउन सक्ने उनले आशंका ब्याक्त गरे ।
आगामी आर्थिक वर्षका लागि युवा लक्षित कार्यक्रम अन्तर्गत ४ लाख रुपैया तरकारी ,मौरी च्याउमा कृषकहरुको ५० प्रतिशत शहभागिता मा प्रति कृषक बिस हजार रुपैयाका दरले उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ ।