ट्रेंडिंग:

>> आज अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको अवस्था कस्तो छ ? >> रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज, देखिन्छ नकारात्मक असर >> बुटवलको बुद्धनगरमा गोली चल्यो >> तातोमा ‘लोहार दाई’ >> सातवटै वडामा उज्यालो समाजका लागि सार्वजनिक प्रतिबद्धता >> पर्यावरण मैत्री लघुकथा वाचनको एक दिन…… >> श्रीनगर घुमघाम र बिचरणको रोमाञ्चकता >> अराजकता नरोकिए शिक्षा प्रणाली ध्वस्तः मन्त्री तिमल्सिना >> रातीमा मणिमुकुन्द भलिबल >> ‘पैसा चुहिने’ भन्सारमा संसदीय समितिको निरीक्षण >> मध्यरातिसम्म प्रधानमन्त्री र सभामुखसँग शिक्षक महासंघको छलफल >> पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतिर सर्दै >> लुम्बिनी कप महिला फुटबलमा आर्मीको विजयी सुरुवात >> रुपन्देहीमा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसिप सुरु >> नगरभित्र ट्राफिक व्यवस्थापनमा लचकता अपनाउन ट्राफिक प्रहरीलाई आग्रह >> दाङमा बस दुर्घटना: दुईजनाको मृत्यु >> मणिमुकुन्द भलिवल कप इन्डो नेपाल प्रतियोगिताको तयारी पूरा, उदघाटन खेलमा आयोजक र भारतीय टिम भिड्दै >> देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री >> देवदह र आयोजक वेष्ट्रन विजयी >> गभर्नरमा गुणाकरलाई रोक्न सर्वोच्चमा रिट, आइतबार पेसी >> लुम्बिनीको मासिना बाबा नरेन्द्रपूरी माध्यमिक विद्यालयमा नक्कलको भिडियो लिक >> १०२ ग्राम ब्राउन सुगर सहित दुई युवा पक्राउ >> टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु >> अमेरिकाले फालेका कागज पढेर चीनले निकाल्यो नुनबाट आणविक शक्ति >> सेयर बजार १.९४ प्रतिशतले बढ्यो >> कक्षा १२ को परीक्षा सारिएको छैन, भ्रममा नपर्न बोर्डको अनुरोध >> प्रचण्ड पुगे गौतम बुद्धले बाल्यकाल बिताएको तिलौराकोट क्षेत्र >> यमनको बन्दरगाहमा अमेरिकाको भिषण हवाई हमला, ३८ सर्वसाधारणको मृत्यु >> इभि गाडीको चार्जिङ स्टेशनसंगै ‘द डेली ग्राइण्ड क्याफे’ सन्चालनमा  >> क्यान्सर पीडित धवलशमशेर राणा हाजिर जमानीमा रिहा हुने तयारी >> ६ महिनापछि पुनः चलायमान भयो हेटौँडा सिमेन्ट उद्योग >> चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउँछौंः प्रधानमन्त्री >> शिलन्यास बहिष्कार गरेकी रेणु अन्ततः भरतपुर सडकको उदघाटनमा >> दाउन्ने सडकखण्डमा एकतर्फी रूपमा मात्र गाडी चल्न थाले >> लुम्बिनी प्रदेश सरकारले ल्याउने बजेट घाटाविहीन, टुक्रे योजनाको अन्त्यतर्फ सरकार >> सुनको भाउ तोलामा आठ सय रुपैयाँले घट्यो >> सशस्त्रको ब्यारेकमा मध्यरातमा गोली चले पछि… >> राष्ट्र बैंकका निर्देशक गुणाकर भट्टले दिए राजिनामा >> भीमाको उपचारमा अस्तालको लापरवाही ठहर, १५ लाख क्षतिपुर्ति भराउन अदालतको आदेश >> लमही–कोइलावास सडकखण्डमा बस दुर्घटना, २१ जना घाइते >> दाल धेरै भयो वा बाँकी रहयो, उसो भए सजिलो तरिकाले पराठा बनाएर खानुहोस् >> आज राष्ट्रिय टोलीका तीन सदस्य सहित त्रिभुवन आर्मी क्लब मैदानमा उत्रिदै  >> बिराटनगर एमालेमा ओली पक्षधर क्लिन स्विप, ढकाल समुह बिजयी >> बारामा साढे तीन क्विन्टल बढी गाँजा सहीत ५ जना पक्राउ >> वीरगन्जमा निषेधाज्ञा हट्यो >> बरूण धवन यो बर्ष बुवा डेभिडसहित थप ३ फिल्ममा देखिदै >> धाक धम्की दिई रकम उठाएको आरोपमा पत्रकार पक्राउ >> आजको विदेशी मुद्रको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ? >> मेलमिलाप सम्बन्धी आधारभूत तालिम >> स्वेच्छाले अमेरिका छाडनेलाई पैसा देखी हवाई टिकटसम्म निःशुल्क

उद्यमसँग जोडिंदै महिला

२७ बैशाख २०८०, बुधबार
२७ बैशाख २०८०, बुधबार

बुटवल, २७ वैशाख ।

माया पाण्डेय उद्योग जगतमा चर्चामा रहेको नाम हो । पाल्पाको रम्भा गाउँपालिकामा २०३३ सालमा जन्मिएकी पाण्डेयले पाल्पाबाट नै आइए सम्मको अध्यनन पुरा गरेकी हुन् ।

सानैबाट छोरी आत्मनिर्भर हुनुपर्छ भन्ने सोचाईले नै आफुलाई उद्योगी बन्न प्रेरित गरेको हो उनलाई । शालिन र भद्र स्वभावकी पाण्डेयलाई विहे अघिसम्म आर्थिक उपार्जनमा जोडिने तीव्र चाहना भए पनि उद्योगी नै बन्न सक्छु भन्ने थिएन । जसरी पनि अर्थ उपार्जन गर्नुपर्छ भन्ने सोचाई रहेको थियो । २०५१ सालमा बुटवलका टंकप्रसाद खनालसँग मागी विहे भएपछि उनले आर्थिकलाई आफुसँग प्रत्यक्ष जोड्नका लागि एक निजी विद्यालयमा अध्यापन गरिन्, तर पनि उनलाई आत्मसन्तुष्टि मिलेन ।

पाण्डेय भन्छिन्–“मैले विद्यालय पढाउँदा श्रीमानले फर्साटिकरमा सानो वल्डिङ्ग गर्ने व्यवसाय गर्दे हुनुहुन्थ्यो । आर्थिक अवस्था सामान्य थियो तर पनि मनमा शन्ति थिएन । त्यतिले मात्र जीवन चलाउन गाह्रो हुन सक्छ जस्तो लागेर नै हामी दुबै जनाको सहमतिमा बुटवलको राजमार्गमा २०५५ सालमा रम्भा मेटल इन्डट्रिज सञ्चालनमा ल्याएका हौ । त्यही शुरुवातले नै आज मलाई यहाँ सम्मको यात्रामा डो¥याईरहेको छ ।”

उनले श्रीमानको साथ सहयोग रहे पनि आफू नै फिल्डमा खट्ने र काम गर्ने, अर्डर लिने र कच्चा पदार्थको जोहोमा दिनहरु बित्ने गरेको सुनाइन् । आफ्नो विगत कोट्याउँदै उनी भन्छिन्–“शुरुमा त हजुर नै हो भनेर व्यापारीहरुले नपत्याए जस्तो गर्ने तर पछि मसँग कारोवार गर्न थालेपछि कसैले पनि टिप्पणी गर्नु भएको छैन । यसैमा खुशी मिलेको छ ।”

दुई सन्तानकी आमा पाण्डेयले उद्योगसँगै पारिवारिक जिम्मेवारीलाई पनि सहज रुपमा मिलाउन सकिने बताउँछिन् । त्यसका लागि काम गर्ने तीव्र ईच्छा हुनु पर्छ भन्दै उनी जसरी पनि आफु स्थापित हुनका लागि लगानी गर्नै पर्छ भन्ने मान्यताले आफुलाई सफल बनाएको बताउँछिन् । पाण्डेयले आफना सामानहरुमा गुणस्तर र आर्थिक समायोजन सही तरिकाले गर्न सकेका कारणले आफु सफल हँुदै गएको बताउँछिन् ।

अहिले पछिल्लो समयमा बुटवल औद्योगिक ग्राममा नेशनल ईन्जिनियरिङ्ग एण्ड मेटल उद्योग र मैनबगरमा रम्भा मेटल ईन्डष्ट्रिज सञ्चालमा रहेको छ । यहाँबाट मेसिनरी सामानहरु जस्तै अदुवा प्रशोधन मेसिन, गौमुत्र प्रशोधन मेसिन, मिक्स्चर मेसिन मुख्य रुपमा उत्पादन र बिक्री वितरण हुन्छ । त्यसैगरी दक्ष कामदारबाट मर्मत पनि हुने गर्दछ भने अर्डर अनुसारका मेसिनहरु उत्पादन समेत हुने गरेको छ । यहाँ अहिले ११ जना भारतीय कामदार सहित ३१ जना कामदारहरु छन् । पाण्डेय अहिले नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेश सदस्य र विगतमा रुपन्देही उद्योग संघको सचिव भएर काम गरेको अनुभव संगालेकी छन् ।

त्यस्तै दाङ्गकी रचना सुवेदीलाई अहिलेको समयमा काम गर्न भ्याई नभ्याई छ । विभिन्न प्रकारका जाडोमा लगाउने सुईटर बुनेर बिक्री गर्ने र त्यसका लागि अर्डर लिने काममा उनी निकै व्यस्त छिन् । विशेष गरी जाडो समयमा लगाउने कपडा उत्पादन गर्ने भएकाले पनि यो समय उनका लागि अत्यन्त महत्वपूर्ण छ । यो समयमा धेरै व्यापार हुने भएकाले पनि आफु व्यस्त रहेको उनले बताईन् । दाङ्गको घोराई उपमहानगरपालिका साईमन्दिर चोकमा उनको स्वप्रहोजियारी उद्योग छ । त्यहाँ विभिन्न प्रकारका सुईटर, मोजा, गलबन्दी, आउटर, बच्चाका सेटहरु उत्पादन गर्ने र स्थानीय बजारमा बिक्री गर्न थालेको करिव १० वर्ष हुन थालेको छ ।

सुवेदी भन्छिन्–“मैले लामो समय सम्म ओरेक नेपालमा काम गरे त्यहाँ काम गर्दा धेरे महिलाहरु हिंसामा परेको देखें त्यसको कारण भनेको आर्थिक रुपमा महिला सक्षम नभएर हो भन्ने कारण बुझेपछि मैले व्यवसाय शुरु गरेकी हुँ ।” उनले आफूलाई शुरुमा ओरेक नेपालले सहयोग गरेको बताइन् । यसबीचमा आफूलाई बुटवलका व्यापारी श्रवण अग्रहरीले सुईटरको डिजाईन गर्ने मेसिन उपहार दिएको उनी स्मरण गर्छिन् । उनी भन्छिन्–“त्यसले त झन् काम गर्ने उर्जा थपिएको छ । अहिले मेरोमा काम गर्ने पूर्णकालीन कर्मचारी दुईजना हुनुहुन्छ भने बच्चा स्कुल पठाएर फुर्सदमा काम गर्ने १० जना हुनु हुन्छ । त्यसका साथै घरमा नै लगेर काम गर्ने पनि हुनुहुन्छ । उहाँहरुले घरमा धागो लगेर सामान उत्पादन गर्नुहुन्छ र पिसका आधारमा पैसा दिनु हुन्छ । हामीकहाँ उत्पादन भएका सामानहरुको विदेशबाट पनि माग आउन थालेको छ तर पु¥याउन सकेका छैनौं ।”

मिना सुवेदी ढकाल म्याक्सवेल प्रिण्टस् प्रालिकी सञ्चालक हुन् । उनले यो प्रिण्टस् २०६७ सालबाट सञ्चालनमा ल्ल्याएकी हुन् । चाहनाले हरेक बहानालाई पछि पार्न सक्छ भन्ने सोचले नै आफुलाई उद्योगी बनाएको उनको तर्क छ । ढकाल भन्छिन्–“समयको माग र आवश्यकतालाई हेरेर उद्योगमा लगानी गरेको र त्यसलाई नै प्रमुख आधार बनाएर अगाडी बढिरहेकी छु ।”

काम गर्दा चुनौतीहरु पनि आउँछन्् तर पनि त्यसलाई सामना गर्नु पर्छ सफल हुनलाई । उद्योगी व्यवसायीसँगै परिवार, सन्तान पनि महत्वपूर्ण पाटो हुने भएकाले त्यसलाई पनि व्यवस्थापन गर्नुपर्ने दायित्व छ उनमा । तर पनि घर चलाउन सक्ने भएकाले उद्योग चलाउन पनि सहज भएको उनको अनुभवले भन्छ ।

उनी भन्छिन्–“मलाई यसमा मेरो श्रीमानको पनि साथ छ । साथ भन्दैमा उहाँ यहाँ काम गर्ने होईन मलाई काम गर्ने वातावरण मिलाई दिनु भएको छ । बाँकी ग्राहकको चित्त बुझाउनेदेखि लिएर कामको अर्डर लिने । कर्मचारी व्यवस्थापन सबै मेरो जिम्मेवारीमा पर्छ । म आफु महिला भएकाले मेरो उद्योगमा महिला कर्मचारीहरु पनि धेरै छन् म उहाँहरुलाई काम गर्न उत्प्रेरणा दिईरहेको छु ।” उनको उद्योगमा अहिले २५ जना कर्मचारी छन् त्यसमा ११ जना त्यो पनि महत्वपूर्ण पदमा महिला नै छन् । उनी भन्छिन्–“म उहाँहरुको जीवन चल्न सक्ने गरी आर्थिक पाटोको काम गरेको छु । यहाँबाट अहिले सम्म हामीले क्यालेन्डर, टेबुल क्यालेन्डर, बाल क्यालेन्डर, मल्टी कलर छपाई, स्कुल, कलेज, विश्व विद्यालयको पाठ्यपुस्तक, स्टिकर, मासिक बुलेटिन, किताव, लेजर, ब्रोसर, विल, लेटर पयाड, किताब ब्यान्डिङ्ग, स्कुल डायरी, प्रमाण पत्र, चेकबुक, पासबुक लगायतका कामहरु हुन्छन् । तर पत्रिका प्रिन्ट गर्नको लागि अवसर जुरेको छैन । त्यसलाई पनि गर्ने सोच छ । म्याक्सवेल प्रिण्टस् सुदुरपश्चिम र मध्य पश्चिम क्षेत्रमा पहिलो कलर प्रेस हो । यो नेपालगञ्जको धम्वोझीमा रहेको छ ।

पछिल्लो केही समय यता उद्यमसँग महिलाहरु बिस्तारै जोडिदै गएका छन् । आत्मनिर्भरसँगै आर्यआर्जनमा पनि महिलाहरुको सहभागिता धेरै भेटिन थालेको छ । उद्योग कलकारखानामा काम गर्ने मात्रै होईन उद्योग सञ्चालनमा पनि राम्रो अभ्यास गर्न थालेका छन् । लु्म्बिनी प्रदेशमा महिलाले सञ्चालन गरेका उद्योग कम भए पनि सबल छन् । उद्योग सञ्चालन गरिरहेका महिलाहरुको आत्मविश्वास पनि बलियो देखिएको छ । अरु उद्योग खोल्न चाहने महिलाहरुका लागि पनि यी उदाहरणहरु राम्रा मानिन्छन् ।

तर यसरी आफनै उद्योगमा रमाईरहेकाहरुले सरकारले उद्योगका लागि बनाएको नीति नियम उद्योग मैत्री नभएको गुनासो छ । यदि सरकारले यस्ता उद्योगहरुलाई संरक्षण गर्ने हो भने उद्योग नीति परिर्वतन गरेर उद्योगमैत्री नीति बनाउन जरुरी रहेको उद्योगी महिलाहरुको भनाई छ ।

अहिले घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशमा ६० हजार ३ सय ८ उद्योगीहरुले उत्पादनमुलक, उर्जामुलक, कृषि तथा बन्यजन्तु, पर्यटन, सेवा, निर्माण र सुचना प्रविधिमा उद्योग सञ्चालन गरेको घरेलु तथा साना उद्योग महांसंघ लुम्बिनी प्रदेशका कार्यबाहक अध्यक्ष गणेशप्रसाद अधिकारीले बताए । उनले अहिले सम्म रुपन्देही जिल्लामा सबै भन्दा बढी उद्योगी रहेको र रुकुमपुर्वमा कम उद्योगी रहेको जानकारी दिए । त्यसमा महिला उद्यमीको संख्या लुम्बिनी प्रदेशमा ३९ सय रहेको जानकारी दिए । प्रदेशले महिला उद्यमीहरुलाई प्रोत्साहनका लागि विभिन्न योजनाहरु बनाएर काम गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?