ट्रेंडिंग:

>> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो >> अमलाको मूल्यमा ५० रुपैयाँको वृद्धि >> माईती गाँउमा प्रचण्ड >> बाँकेमा विद्युतका कर्मचारी कुट्ने तीन जनाविरुद्ध मुद्दा >> ‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छः प्रधानमन्त्री ओली
मुख्य समाचार

गुरुयोजना कार्यान्वयनलाई प्राथमिकता दिन्छौं : मन्त्री किराँती

२२ बैशाख २०८०, शुक्रबार
२२ बैशाख २०८०, शुक्रबार

कपिलवस्तु,  बैशाख- संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले कपिलवस्तुका बुद्धस्थलहरूको अवलोकन भ्रमण गरेका छन । २५६७ औं बुद्धजयन्ती समारोहको कार्यक्रमका लागी लुम्बिनी आएका मन्त्री किरातीले कपिलवस्तुको कुदान, गोटिहवा, तिलौराकोट लगायतका बुद्धस्थलको भ्रमण गरेका हुन ।
मन्त्री किरातीलाई लुम्बिनी बिकास कोषका परिषद सदस्य गोपी कृष्ण शर्मा, प्रसासकिय अधिकृत ज्ञानिन राई र सुचना अधिकारी हरिध्वज राई लगायतले ति पुरातात्विकस्थल बारेको जानकारी दिएका थिए । मन्त्री किरातीले सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै बिगतमा कपिलवस्तुका बुद्धस्थलको बिकास एकिकृत ढंगले अगाडी बढ्न नसकेको बताए । आफुले हाल सम्म लुम्बिनी सँग जोडिएका बुद्धस्थलको भ्रमणको मौका नपाएको र अब निर्माणधिन गुरुयोजनाको आधारमा चौतर्फी लुम्बिनी क्षेत्र अर्थात बुद्ध सँग सम्बन्धित क्षेत्रको बिकास गर्न त्यहि रूपमा अगाडि बढिने स्पष्ट पारे ।
मन्त्री किरातीले लुम्बिनी बिकास कोषमा अथाह समस्याहरूको चाङमा बसेको स्पष्ट पार्दै ति बिसङतीको अन्त्य गर्नै पर्ने उनले बताए । “अब मुल्य मान्यता र ऐन भन्दा बाहिर जान दिईदैन ।” कोषको कार्य सम्पादनलाई लक्षित गर्दै मन्त्री किराँतीले भने ।
लुम्बिनीमा सभाहल चुहिएको बिषयमा जानकारी पाए लगत्तै मर्मत सम्हार गर्न लगाईएको र सो बारे बिस्तृत बुझने उनले प्रतिक्रिया दिए ।
भगवान गौतमले ज्ञान प्राप्त गरे पछि पहिलो पटक राजधानी कपिलवस्तु आउदा बुवा शुद्धोदनलाई भेटघाट गरेको स्थानको रूपमा कुदान परिचित छ । त्यस्तै श्रीमति यशोधरा, छोरा राहुल र प्रजापति लगायत ५ सय शाक्यहरूलाई चिवर (भिक्षुले लगाउने पहेलो कपडा) प्रदान गरेर बौद्ध संघमा सामेल गराइएको तथ्य पुस्तकहरूमा पाइन्छ । यहा देवदत्त र सिद्धार्थ बीच हाँसका बिषयलाई लिएर झगडा हुदा न्याय दिइएको हुनाले तत्कालिन न्यायलय पनि हुन सक्ने अनुमान विद्धानहरूले गरेका छन् । कुदान (निग्रोधाराम) पुरातत्वबिद् डा. ए फुयुररले पत्ता लगाएका थिए । त्यसै गरि क्रकुच्छन्द बुद्धको जन्म भएको स्थान गोटिहवा हो । क्रकुच्छन्द बुद्धको जन्म गोटिहवामा भएको कुरा गुरु उपगुप्तले शिष्य सम्राट अशोकलाई ऐतिहासिक तीर्थयात्रामा क्रममा बताए पछि त्यसको महत्व बढदै गएको हो । त्यस पछि गोटिहवामा सम्राट अशोकले स्तम्ब निर्माण गरे । कपिलवस्तु नगरपालिका भित्र पर्ने गोटिहवामा रहेको अशोक स्तम्भको उचाई १० फिट र परिधि ८ फीट ६ इञ्च छ । चिनियाँ पैदल यात्री फायहनले गोटिहवा भ्रमण गरेर त्यसको महत्व उजागर गरे । मन्त्री किरातीले भ्रमण गरेको प्राचीन कपिलवस्तु तिलौराकोट राजा शुद्धोदनको राजप्रासाद तथा भगवान गौतम बुद्धले २९ वर्षको युवा अवस्था बिताएको स्थलका रूपमा परिचित छ । तिलौराकोटमा विभिन्न समयमा गरिएका उत्खननबाट तीनवटा भग्नावशेष स्पष्ट रूपमा देखिन्छ । ति भग्नावशेषहरूमा पश्चिमी द्वार, पुर्वी द्वार र दरवार देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%