ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र

सलह किरा नियन्त्रण गर्न प्रदेश ५ सरकारको ३ निर्णय

१३ असार २०७७, शनिबार
१३ असार २०७७, शनिबार

भारतमा किसानहरुको बाली सखाप पारिरहेको सलह किरा नेपालको रुपन्देहीमा भेटिएपछि प्रदेश सरकार यसको नियन्त्रणमा जुटेको छ । सलह किरा भेटिएपछि अव कसरी अघि बढ्ने भन्ने बारेमा प्रदेश ५ सरकारले आन्तरिक गृहकार्य थालेको हो । शानिबार साँझ आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको बैठक बसी सलह किरा नियन्त्रणका लागि आवश्यक रणनीति तय गरेको छ ।

प्रदेश ५ को कृषि विकास निर्देशनालयका प्रमुख यामनारायण देवकोटाले बैठकले तीन वटा निर्णय गरेको जानकारी दिए । उनका अनुसार किसानहरुलाई सचेत गराउन प्रचारप्रसार गर्ने निर्णय गरिएको छ । त्यस्तै सलह किरा जम्मा गरेर आफ्नो वडा कार्यालयमा लगे प्रतिकिलो २० रुपियाँका दरले खरीद गर्ने निर्णय पनि बैठकले गरेको देवकोटाले बताए ।

शनिबार बिहानदेखि रुपन्देहीमा भेटिएको किरा कृषि विज्ञहरुले अनुसन्धान गरेपछि सलह नै भएको पुष्टि भएको बताए । बैठकले बाली नभएका ठाउँमा रहेका विषादी किरा मार्नका लागि विषादीको प्रयोग गर्ने र यसको बन्दोवस्त समेत भइसकेको जानकारी दिए । रुपन्देहीको भैरहवा र बुटवल क्षेत्रमा शनिबार बिहान एक–दुईवटा मात्रै सलह जस्तै किरा देखिएकोमा दिउँसो ठूलो संख्यामा किराहरु उड्दै गरेको अवस्थामा देखिएको थियो । आकाशमा उडिरहेका किरा पनि सलह नै भएको कृषि मन्त्रालयले पुष्टि गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले कृषि विज्ञले अनुसन्धान गरेपछि आकाशमा उडेको बथान तथा विभिन्न क्षेत्रमा देखिएको किरा सलह नै भएको पाइएको बताइन् ।

भारतसँग सीमा जोडिएको जिल्लाको दक्षिणी क्षेत्र हुँदै सलह रुपन्देहीका विभिन्न क्षेत्रमा प्रवेश गरेको निर्देशनालयका प्रमुख देवकोटाले जानकारी दिए । कृषि विकास निर्देशनालय र नेपाल कृषि अनुसन्धान (नार्क) ले सलह किरा प्रदेश ५ को रुपन्देहीमा आएपछि अनुसन्धान गरेका हुन् । “सलह जस्तै किरा देखिएपछि प्राविधिक टोलीले अनुसन्धान गर्ने क्रममा सलह नै भएको पाइएको छ, अव कसरी अघि बढ्ने भन्ने बारेमा छलफल गरी निर्णय गरिएको छ, अव हामी पूर्णरुपमा नियन्त्रण अभियानमा जुटेका छौंं ”–देवकोटाले भने ।

उनले रुपन्देहीको आकाशमा देखिएको सलह किरा निरन्तर भइरहेको वर्षाका कारण ठूलो झुण्ड टुक्रिएर आएको हुन सक्ने बताए । बुटवलस्थित नेपाली सेनाको गुल्ममा शनिबार बिहान सलह जस्तै देखिने किरा ठूलो संख्यामा देखिएपछि अनुसन्धान गरिएको हो ।रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले सेनाको ब्यारेकमा ठूलो संख्यामा किरा देखिएको बताए । “त्यहाँ ठूलो आकारको फट्यांग्रा ठूलो संख्यामा आएपछि सेनाले नियन्त्रणमा लिएको थियो”–उनले भने ।

कृषि विज्ञहरुलेरुपन्देहीमा देखिएको किरा सलह नै भएको दावी गर्दै यसको सिनयन्त्रणका लागि तयारी थालेका छन् । पक्लिहवा कृषि क्याम्पस भैरहवाका उपप्राध्यापक तथा किटविज्ञ दिपकराज खनालले स्थानीयले जानकारी गराएपछि आफू अनुसन्धानमा गएको र अनुसन्धानका क्रममा सलह किरा नै रहेको पाइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?