© २०२३
विगतका वर्षहरुमा साउनको पहिलो हप्तामा मात्र व्यस्त खेतहरुमा व्यस्त हुने कृषकहरु यस वर्ष एक महिना अगाडि देखि नै व्यस्त हुन लागेका छन् । मानो खाएर मुरी उव्जाउने समय मानिएको यस समयमा कोभिड १९ को संक्रमणको त्रासका कारण सरकारले लगाएको लकडाउनका कारण मानिसहरु शहरबाट गाउँ केन्द्रित हुँदा कामदारको समस्या समेत टरेको छ । समयमै पानी परि रोपाइँ गर्न पाउँदा किसानहरु खुसी देखिन्छन् ।
मनसुनी वर्षा समयमै हुनु र यस वर्ष निरन्तर रुपमा वर्षाद भैरहनु, कृषिमा बढ्दो यान्त्रीकरणको प्रयोग हुनु, यस वर्ष विगतका वर्षका तुलनामा यस बर्ष रोपाई छिटो सकिने किसानहरु बताउँछन् । जिल्लाको दोस्रो मुख्य वालीका रुपमा स्थापित धान खेति यस वर्ष समयमा नै रोपाइँ हुदा उत्पादन समेत राम्रो हुने उनिहरुको आकलन छ । स्थानिय उन्नत जातको र हाइब्रिड बिउको प्रयोग गरेका कृषकहरुले हाल सम्म ६० प्रतिशत भन्दा बढि रोपाइँ सकिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
जिल्लाका अन्नको भण्डार मानिने माडी, अर्गेली, कचल, रामपुर, सर्देवा, लघुवा जस्ता फाँटहरुमा धान खेती गरीदै आएको छ । कुल खेति योग्य क्षेत्रफल मध्य ९ हजार ५ सय ६५ हेक्टर क्षेत्रफलमा धान खेति गरीदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
सिचाइको दिर्घकालिन व्यवस्था नभएको यस वर्षको खाद्य भण्डारका रुपमा चिनिने माडी फाँटमा भन्ने आकाशे पानीको भरमा रोपाइ गर्नुे बाध्यता छ । यस वर्ष लाग्दै असार देखि पानी भने प्रर्याप्त मात्रामा परेको छ । त्यसै माथि विगतका वर्षमा जस्तै हल गोरुले जोत्ने हिल्याउने काम गर्दा ढिला सुस्ती हुन्थ्यो । तर आज भोलि त गोरुको काम ट्याक्टरले गर्न लागे पछि रोपाइ पनि छिटो भएको कृषक लिला प्रसाद बस्याल बताउँछन् ।
माथागढी ३ का बुद्धि बहादुर कुमाल पनि विगतका वर्षका तुलनामा यस वर्ष रोपाइ १५ दिन अगाडि नै सकिएको आफनावी े अनभुव बताउछन् । लकडाउनका कारण परिवारका सदस्य एकै ठाउमा , पानीको समश्य नै भएन , यस माथि गोरुको ठाउमा ट्याक्टरले प्रयोग गरेकोले आफनो परिवारका सदस्यले मात्र १० रोपनीको खेतको रोपाइ सकियो
कृषि ज्ञान केन्द्रका प्रमुख शिव प्रसाद अर्याल भन्दछन यो वर्षको मौसम धानका लागि उत्तम भएकाले उत्पादन समेत वृद्धि हुनेछ । साउनको पहिलो सात्ता सम्म जिल्लामा रोपाइ सकिने उनले दावी गरे । खेतमा काम गर्ने कामदारको पनि यो वर्ष समश्यनै भएन यस वर्ष आफनो खेति आफै लगाउ भन्ने अभियान लागे सबै , अर्को तर्फ जसको गोरु थिएन । त्यसको रोपाइ त महाभारत नै हुन्थ्यो । तर आज भोली सबै काम ट्याक्टरले नै गर्छ । जसले गर्दा समयमा नै रोपाइ सकिएको रामपुरका कृषक नन्दलाल न्यौपानेले आफ्नो अनुभव बताए ।
स्थानिय सरकारले गाउका कृषकहरुको सुविधाका लागि वितरण गरिएको स–साना हाते ट्याक्टरहरुका कारण धेरै सहज भएको हो । आफ्नो गोठमा गोरु छैनन् अरुको भर पर्दा असार सकिन्थ्यो यसको प्रभाव र असर उत्पादनमा पर्दो रहेछ । यस वषर््ा असारको पहिलो हप्तामा रोपाइको काम मात्र खेतको काम सकिएको पुर्वखोलाको कृषक खेम कुमारी बताउँछिन् ।
समयमा रोपाइ सकिदाको वर्ष उत्पादन राम्रो हुने यस वर्ष उत्पादन राम्रो नै हुने रामपुर नगरका कृषि शाखा प्रमुख रामहरी पाण्डे बताउछन् । यस वर्ष जिल्लाका केहि स्थानिय सरकारहरुले जमिन बाझो राख्न नपाइने निति बनाएका कारणले पनि कृषकहरुले खेति नै गर्नु पर्दछ भन्ने अभियानमा जुटेको स्थानिय सरकारका प्रमुखहरु बताउँछन् ।
जनशक्तिका कारण र गोरुको समस्याले बिगत वर्ष यता दुइ सय रोपनी भन्दा बढि क्षेत्रफलको खेत बाँझो थियो । स्थानिय सरकारको दवाव, कोरोना संक्रमणका कारण खाद्य समश्या आउन सक्ने भयका कारण यस वर्ष सबै खेतमा रोपाइ सकिएको माथागढी गाउपालिकाका प्रबक्ता मधु पराजुली बताउँछन् ।
धान खेति गर्ने कृषकहरुका लागि यस वर्ष मौसमी अनुकुलताका कारण असार महिना मै रोपाइँ सकिने कृषकहरु बताउँछन् ।