ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

तिलोत्तमा प्रिमियर लिग टि–२० खेलाडीलाई प्लेटफर्म, उपाधि विजेतालाई नगद ३ लाख

५ श्रावण २०७५, शनिबार
५ श्रावण २०७५, शनिबार

तिलोत्तमा प्रिमियर लिग टि–२० प्रतियोगिताको दोस्रो संस्करणको तयारी शुरु भएको छ । पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गरेको आयोजक तिलोत्तमा क्रिकेट विकास समितिले दोस्रो संकरणको तयारी शुरु गरेको हो ।
वार्षिक क्यालेण्डरमा राखे अनुसार प्रतियोगिता गर्न लागेको समितिका अध्यक्ष अच्युतराज ढुङ्गाना (सुनिल) ले शुक्रबार पत्रकार सम्मेलनमा बताए । दोस्रो संस्करणका लागि खेलाडी छनौटको अक्सन, मैदानको तयारी शुरु भएको आयोजकले जानकारी दिएको हो । क्रिकेट खेलको विकाससंगै स्थानिय खेलाडीहरुलाई ब्यवसायिक बनाउने उद्येश्य पहिलो संस्करणमा सफलता प्राप्त गरेको उनले दाबी गरे । ‘धेरै राष्ट्रिय खेलाडी उत्पादन गरेका छौ ।’– उनले भने । कार्तिक २६ गतेबाट मंसिर ८ गतेसम्म संचालन हुने प्रतियोगिताका लागि तयारी शुरु भएको उनले बताए । प्रतियोगिताको उपाधि विजेताले ट्रफिसहित नगद ३ लाख, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले ट्रफिसहित नगद १ लाख ५० हजार, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछ । पहिलो संस्करणभन्दा यसवर्ष प्रथम पुरस्कार राशी १ लाख र द्धितिय राशीमा ५० हजार वृद्धि गरिएको हो । यसैगरि प्रतियोगितामा एक जना उत्कृष्ट खेलाडीलाई म्यान अफ दी सिरिज, एक जना वेष्ट बलर, वेष्ट ब्याट्सम्यान, एक जना ईमर्जिङ्ग प्लेयर तथा एक जना टिमलाई टिम फेयर प्ले अवार्डबाट पुरस्कृत गरिने उनले बताए । प्रतियोगिता संचालनमा लाग्ने २१ लाख खर्च स्थानिय संघसंस्था, खेलप्रेमीहरुबाट जुट्ने उनले बताए ।
कार्यक्रममा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रशान्त बिक्रम मल्लले प्रतियोगिता खेलाडीहरुका लागि प्लेटफर्मका रुपमा रहेको बताए । रुपन्देही जिल्लाले राष्ट्रियस्तरमा नै आफनो अलग पहिचान बनाउन सफल भएको दाबी गर्दै उनले अब पूर्वाधार विकासमा लाग्नुपर्ने बताए । वर्षेनी राष्ट्रिय टिमलाई युवा र उर्जावान खेलाडी जिल्लाबाट उत्पादन गर्न सफल भएको उनले दाबी गरे ।
कार्यक्रममा समितिका सिईओ तथा प्रतियोगिताका संयोजक दिपक भु्रतेलले यसपटक जिल्लास्तरमा प्रतियोगितालाई सिमित नगरिने बताए । अन्य जिल्लाका खेलाडीहरुसहित २ टिम थप गरि १० टिमले उपाधि दाबेदारी गर्ने उनले बताए । प्रतियोगितामा नवलपरासी, पाल्पा, गुल्मीका खेलाडीहरु अक्सनमा सहभागि भएर प्रतियोगितामा भाग लिने उनले बताए । यसपटक ‘ए’ र ‘बी’ गरि श्रेणीमा खेलाडीको अक्सन हुने उनले बताए । ‘ए’ श्रेणीमा सबै किसिमको खेलाडी र ‘बी’ श्रेणीमा राष्ट्रिय, क्षेत्रिय र जिल्लास्तरमा प्रतियोगिता खेलेका खेलाडीहरु पर्ने उनले बताए । यसैगरि यसवर्ष कुनै पनि एउटा टिमले आफनो खर्चमा एक जना राष्ट्रिय खेलाडी खेलाउन पाउने ब्यवस्था समेत गरिएको उनले बताए । यसपटक
क्याप्टेन नभई मार्किङ्ग खेलाडी घोषणा गरेर टिम तयार गर्ने समेत बताए । गतवर्ष प्रतियोगिताको एउटा टिममा १४ जना खेलाडी राख्ने ब्यवस्था भएकोमा यसपटक एक जना थप गरि १५ जना गरिएको उनले बताए । जसमा एक जना राष्ट्रिय, एक जना मार्किङ्ग खेलाडी, दुई जना विद्यालय र ११ जना अन्य खेलाडी हुने छन । प्रतियोगिताका लागि साउन ११ गतेदेखि मसान्तसम्मका लागि अक्सन भर्न पाउने ब्यवस्था भएको छ ।
भने असोज २ गते अक्सन हुने छ । प्रतियोगिताका सबै खेलहरु तिलोत्तमा नगरपालिकाको नवजिवन खेलमैदानमा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?