ट्रेंडिंग:

>> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण

हाइटेन्सन लाइन पटक–पटक पड्किंदा आगलागी, वस्ती र विद्यालय जोखिममा

१८ बैशाख २०८०, सोमबार
१८ बैशाख २०८०, सोमबार

बुटवल, १८ बैसाख । योगीकुटी–धकधई ३३ केभीए प्रशारण लाइन अन्तर्गत तिलोत्तमा नगरपालिका– ८ प्रदीपनगरमा विद्युत लाइनका कारण पटक पटक आगलागीका घटना हुन थालेपछि स्थानीयहरु आतंकित भएका छन् ।
सोमबार बिहानै स्थानीय डिल्लीराज भण्डारीको घरसंगै रहेको पोलको हाइटेन्सन तार पड्किंदा सडक पारिपट्टी टोपबहादुर केसीको घरसंज जोडिएको पोलको केबल तारमा आगलागी भएको छ ।
प्रशारण लाइन पड्केको कारण स्थानीय देविराम खनालको फ्रिज पड्केर आगलागी भएको छ भने अन्य दुई घरको विद्युत वायरिङमा क्षति भएको छ ।
प्रशारण लाइनमा बारम्बार एक्कासी बम पड्के जसरी पड्किने र त्यसबाट आगोका झिल्का निस्केर विद्युत पोलका इन्टरनेट र केबल तारहरुमा आगलागी हुने गरेपछि वस्ती नै आगलागीको जोखिममा परेको छ । उक्त ठाउंमा जनभावना मावि समेत रहेकाले विद्यालय, झण्डै एक हजार विद्यार्थी र शिक्षक कर्मचारी समेत आगलागीको दुर्घटनाको जोखिममा परेका छन् ।

चार दिन अघि पनि सोही ठाउंमा हाइटेनसन लाइन पड्केर केबल तार आगलागी भएको थियो ।
‘धन्न दिउसो र बिहानमा आगलागी भएकाले गाउंलेहरु जम्मा भएर आगो निभाउन सकियो यदि रातिमा भएको भए जे पनि हुन सक्थ्यो’–स्थानीय डिल्लीराज भण्डारीले भने–‘३३ केभीएको डबल प्रशारण लाइन विद्यालय अगाडि र वस्तीको बीचमा पोलबाट नलैजाऔं अण्डरग्राउण्ड गरौं भनेर शुरुमा भन्दा जबरजस्ती गरियो, अहिले सिंगो गाउं नै आगलागीको दुर्घटनाको जोखिममा छ ।’

स्थानीयले विद्यालय अगाडिको हाइटेन्सन लाइनलाई अण्डरग्राउण्ड गर्न वडा अध्यक्ष र नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । अण्डरग्राउण्ड नगर्ने हो भने सयांै विद्यार्थी र वस्तीका बासिन्दाको जीवन कुनै पनि बेला खतरामा पर्ने भन्दै तत्काल अण्डरग्राउण्ड गर्ने ग्यारेन्टी नभए उक्त क्षेत्रमा विद्युत प्रशारण हुन नदिने स्थानीयले चेतावनी दिएका छन् ।
चट्याङ पर्दा, मौसम खराबी हुंदा र हाइ भोल्टेज आउंदा हाइटेन्सन लाइन पड्किने र यसले आगलागी जस्ता दुर्घटनाको जोखिम हुने विद्य्त प्राधिकरणका कर्मचारीहरु बताउंछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?