© २०२३
शिक्षक महासंघ रुपन्देहीले शिक्षकको तलब निकासा नगरे आन्दोलनमा उत्रने चेतावनी दिएको छ । रुपन्देहीका अधिकांश स्थानीय तहले कार्तिक महिनादेखि तलब निकासा नदिएको महासंघले जनाएको छ ।
एक विज्ञप्ती जारी गरी शिक्षक महासंघले रुपन्देही जिल्ला अन्तर्गतका अधिकांश स्थानीय तहले कार्तिक महिनादेखि हालसम्मको विद्यालयका शिक्षक तथा कर्मचारीहरुको मासिक तलब निकासा नदिएकोले विद्यालयका शिक्षक तथा कर्मचारीहरुप्रति स्थानीय तह उदासीन रहेको र भिन्न व्यवहार देखिएकोमा नेपाल शिक्षक महासंघ, रुपन्देहीको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघका अध्यष डिल्लीराज भण्डारी र सचिव लिलाधर न्यौपानेद्धारा जारी गरिएको विज्ञप्तीमा अनिवार्य तथा निशःुल्क शिक्षाको संवैधानिक हकका संवाहक विद्यालय शिक्षक तथा कर्मचारीप्रतिकोअपहेलित व्यवहारले आम शिक्षकहरुको मनोबल गिरेको जनाइएको छ । विज्ञप्तीमा भनिएको छ दैनिक गुजारा गर्न धौ धौ परिरहेको वर्तमान अवस्थामा यथासिघ्र सम्बन्धित स्थानीय तहले मासिक रुपमा तलब निकासा लागिनेपाल शिक्षक महासंघ, रुपन्देही जोडदार माग गर्दछ । माग पूरा नभए नेपाल शिक्षक महासंघ आन्दोलनमा उत्रन बाध्य हुने विज्ञप्तीमा भनिएको छ ।