© २०२३
बुटवल,७ बैसाख । नेपालगञ्जमा करिब ५ किलोग्राम सुन सहित दुई जना प्रकाउ परेका छन् ।
प्रकाउ पर्नेमा विराटनगरका रमेश सोनी र प्रकाश ठाकुर रहेका बाँके प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार न्यूरोमा रहेको न्यू इन्द्रेणी होटलबाट ४ किलो ९२९ ग्राम सुनसहित उनीहरुलाई पक्राउ गरिएको हो ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सन्तोष सिंह राठौरले जानकारी दिए ।